आमनिर्वाचन २०७९

ललितपुर–२ मा थालियो मतगणना

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत ललितपुर–२ मा मतगणना सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति साढे २ बजेदेखि मतगणना सुरु भएको हो ।

ललितपुर–२ मा थालियो मतगणना

प्रमुख निर्वाचन अधिकृत दीपशिखा मुनाकमी पौडेलले चार ठाउँबाट मतगणना कार्य थालिएको जानकारी दिइन् । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

१४ जना दलीय तथा ८ स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारबीच हुने देखिएको छ ।

केहीबेर अघिबाट भक्तपुर क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?