आमनिर्वाचन : भक्तपुर-२ मा मतगणना सुरु

भक्तपुर — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । बोडेस्थित कृषि विकास तालिम केन्द्रमा राति २ बजे मतगणना सुरु भएको हो । हाललाई दुई ठाउँबाट मतगणना थालिएको प्रमुख निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।

आमनिर्वाचन : भक्तपुर-२ मा मतगणना सुरु

आइतबार भएको मतदानपछि समयमै मतपेटिका गणनास्थलमा आइपुगेको र राजनीतिक दलका प्रतिनिधिहरुबाट पनि सहयोग मिलेकाले रातिदेखि नै गणना गर्न सकिएको पराजुलीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीबीच मुख्य प्रतिस्पर्धा छ ।

यसअघिको चुनावमा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

यस्तै, ललितपुर–२ मा पनि केहीबेरमा मतगणना सुरु हुँदैछ ।

प्रकाशित : मंसिर ५, २०७९ ०२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?