कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दैलेखमा ५६ प्रतिशत मत खस्यो, सोमबार बिहानबाट गणना गरिने

ज्योति कटुवाल

काठमाडौँ — दैलेखमा ५६.४२ प्रतिशत मतदान खसेको छ । जिल्लाका २ सय ७ मतदान केन्द्रमा भएको चुनावमा ५६.४२ प्रतिशत मत खसेको हो । विभिन्न मतदानस्थलबाट मतपेटिका संकलनको काम भइरहेको छ ।

दैलेखमा ५६ प्रतिशत मत खस्यो, सोमबार बिहानबाट गणना गरिने

मुख्य निर्वाचन अधिकृत बलराम लम्सालले सोमबार बिहान ८ बजेबाट मतगणना गर्ने तयारी भइरहेको बताए । जिल्लाका २ वटा प्रतिनिधिसभा र ४ प्रदेशसभा छन् ।

मतगणना स्थलमा तारजाली र सीसीटीभी राखिएको छ । जिल्लामा १ लाख ५८ हजार ९ सय ५८ मतदाता थिए । जसमा ८१ हजार ७ सय ८१ मत खसेको छ ।

निर्वाचनमा महिलाको सहभागिता ५३ प्रतिशतभन्दा बढी छ । खसेको मतमा महिलाहरुको संख्या ४३ हजार चार सय ५४ र पुरुषतर्फ ३८ हजार तीन सय २७ रहेको छ ।

प्रकाशित : मंसिर ४, २०७९ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?