सोलुखुम्बुमा ४९ प्रतिशत मत खस्यो

भानुभक्त निरौला

सोलुखुम्बु — एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ४९ दशमलव ६० प्रतिशत खसेको छ । कुल ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा ४० हजार ४ सय ३३ मत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो ।

सोलुखुम्बुमा ४९ प्रतिशत मत खस्यो

निर्वाचनमा खटिएका मतदान अधिकृतहरुका अनुसार १९ हजार ५ सय ६३ मतदाता रहेको सोलुदूधकुण्ड नगरपालिकामा ९ हजार २ सय ४७ अर्थात ४७.२६ प्रतिशत मत खसेको छ ।

थुलुङ दूधकोसी गाउँपालिकामा कुल १५ हजार १ सय ९ मतदातामध्ये ७ हजार ३ सय १५ अर्थात ४८.४१ प्रतिशत मत खसेको छ भने सोताङ गाउँपालिकामा ७ हजार ६४ मतदातामध्ये ३ हजार ८ सय ४४ अर्थात ५४.४१ प्रतिशत मत खसेको छ ।

यस्तै, महाकुलुङ गाउँपालिकामा ७ हजार ८ सय ४९ मतदातामध्ये ४ हजार ६२ अर्थात ५१.७५ प्रतिशत, नेचासल्यान गाउँपालिकामा १० हजार ४ सय ४३ मतदातामा ५ हजार ३ सय ८ अर्थात ५०.८२ प्रतिशत मत खसेको छ ।

त्यसैगरी माप्यदूधकोसी गाउँपालिकामा १० हजार ५ सय ४२ मतदाता रहेकोमा ५ हजार ४ सय ४० अर्थात ५१.६० प्रतिशत मत खसेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामा २ हजार ६ सय ४७ अर्थात ४४.२१ प्रतिशत र लिखुपिके गाउँपालिकामा ४ हजार ८ सय ४५ मतदातामा २ हजार ५ सय ७० अर्थात ५३.०४ मत खसेको छ । आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रतिशतको हिसाबले सबैभन्दा बढी लिखुपिकेमा ५३.०४ र सबैभन्दा कम खुम्बु पासाङ ल्हामुमा ४४.२१ मत खसेको छ । भोलिसम्म सबै पालिकाको मतपेटिका सदरमुकाम ल्याउने तयारी भइरहेको र विस्तृत विवरण आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?