अछाममा ५५ प्रतिशत मत खस्यो 

मेनुका ढुंगाना

अछाम — भौगोलिक रुपमा विकट रहेको अछाममा करिब ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माका अनुसार मतपेटिका संकलनको कार्य भइरहेको छ । उनले भने भने ‘सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न्न भएको छ । धेरै ठाउँबाट मतपेटिका उठाइएको छ ।’


उनका अनुसार आइतबार राति नै यहाँका सबै मतदान केन्द्रका पेटिका गणनास्थल पुर्‍याइने छ । क्षेत्र नम्बर १ को मतगणना साफेबगरमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अदालत कार्यालयमा हुने छ । उनका अनुसार जिल्लाका केही मतदान स्थलमा सामान्य विवाद आए पनि सहमतिमा टुंग्याएर मतदान सम्पन्न भएको छ । जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ जना मतदाता छन् । निर्वाचनका लागि अछामका ६० मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको थियो ।


प्रकाशित : मंसिर ४, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

अछामको तुर्माखाँदमा एमाले विजयी

मेनुका ढुंगाना

अछाम — अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार एमालेका डम्बर बीसी ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४ सय ९३ मत ल्याए । जुन बीसीभन्दा ३० मत मात्र कम हो । माओवादी केन्द्रका मनबहादुर बयकले ३०९१ मत ल्याए । उपाध्यक्षमा पनि एमालेले जितेको छ । एमालेकी विमला शाहीले ३ हजार ५ सय १ मत ल्याएर विजयी भइन् । प्रतिस्पर्धी कांग्रेसकी अनुजा सिंजापती विष्टले ३ हजार ४ सय ५२ मत ल्याइन् । माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३ हजार १ सय ५५ मत ल्याइन् ।

गाउँपालिकाका बहुमत वडामा भने कांग्रेस विजयी भएको छ । आठ वडा रहेको तुर्माखाँदमा रहफ, भुलू, नाडा, रानीवन र तोसीमा कांग्रेसले जित्यो । एमाले भैरवस्थान र धमालीमा विजयी बन्दा माओवादी केन्द्रले भने वडा नम्बर ४ मा मात्र जित्न सक्यो । तुर्माखाँदमा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×