कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मकवानपुरमा ५९ प्रतिशत मतदान, मतगणना सोमबार

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा सोमबार मात्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बिहान ८ बजेका लागि सर्वदलीय बैठक डाकिएको छ ।

मकवानपुरमा ५९ प्रतिशत मतदान, मतगणना सोमबार

‘सर्वदलीय बैठकबाट भएको सहमतिअनुसार मतगणना प्रक्रिया अगाडि बढाउने छौं' उनले भने,‘विकट स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने देखिन्छ ।’ अहिले मतपेटिका संकलन कार्य भइरहेको बताए । राति करिब २ बजेसम्ममा मतपत्र आइसक्ने अनुमान गरिएको छ । एकैपटक आठ स्थानमा मतगणना गर्ने तयारी जिल्ला निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको छ । प्रजिअ पाण्डेका अनुसार जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ ।

मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?