कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काभ्रेमा ६३ प्रतिशत मत खस्यो

ज्योति श्रेष्ठ

काभ्रे — आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ ।

काभ्रेमा ६३ प्रतिशत मत खस्यो

कार्यालयका अनुसार जिल्लाका कुल मतदाता ३ लाख १० हजार ६३ मध्ये १ लाख २ हजार ३ सय ४७ जना पुरुष र ९२ हजार ६ सय ६८ जना महिला गरी १ लाख ९५ हजार १७ जनाले मतदान गरेका छन् ।

जिल्लामा शान्तिपूर्ण मतदान भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्पन्न भएसागै सुरक्षित रुपमा मतपेटिका ढुवानीको कार्य भइरहेको छ ।

स्थानीय तहको निर्वाचनको तुलानामा यस निर्वाचनमा कम मत खसेको कार्यालयका प्रमुख राईले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा ७७ प्रतिशत मत खसेको थियो भने यस निर्वाचनमा ६३ प्रतिशत मात्रै मत खसेको छ ।



प्रकाशित : मंसिर ४, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?