२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बझाङमा झडप रोक्न हवाइ फायर गर्दा प्रहरी घाइते

बसन्त प्रताप सिंह

बझाङ — बझाङको छविस पाथिभेरा गाउँपालिका - १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको छ । हवाइ फायर गर्ने क्रममा गोली लागी एक प्रहरी हवल्दार घाइते भएका छन् ।

बझाङमा झडप रोक्न हवाइ फायर गर्दा प्रहरी घाइते

ती घाइते हवल्दारको उद्धारका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्स सहितको प्रहरी टोली मतदान केन्द्रतर्फ गइरहेको छ ।

उक्त मतदान केन्द्रमा सुरुमा सत्ता गठबन्धन तर्फका एक कार्यकर्ताले मतपेटिका खोस्न लागेका थिए । उनलाई एमालेका कार्यकर्ताले उनलाई रोक्नुका साथै धकेलाधकेल गर्दा दुई पक्षबीच झडप भएको थियो ।

उक्त झडप रोक्नका लागि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो । यस क्रममा प्रहरी हवल्दारले हवाइ फायर गर्ने क्रममा गोली भित्तामा लागेर फर्किँदा खुट्टामा लागेको प्रहरी डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । यद्यपि घाइते प्रहरी हवल्दारको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : मंसिर ४, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?