कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिन्धुपाल्चोकमा ३ बजेसम्म ५० प्रतिशत मतदान

अनिश तिवारी

सिन्धुपाल्चोक — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार भइरहेको मतदानमा जिल्लाभर ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजकुमार चौधरीकाअनुसार केही केन्द्रमा सामान्य भनाभन भएकोबाहेक सबैतिर शान्तिपूर्वक मतदान भइरहेको छ ।

सिन्धुपाल्चोकमा ३ बजेसम्म ५० प्रतिशत मतदान

३ बजेसम्म एक लाख ३० हजार १ सय ४२ मतादाताले मतदान गरेको चौधरीले जानकारी दिए । ‘सुरुमा मतदानस्थल खाली देखिएका थियो, सुरुमा उत्साह नदेखिए पनि दिउँसोबाट मतदाता मतदान गर्न उत्साहित भएर केन्द्रक्षेत्रमा आएका छन्, जसमा महिलाको संख्या उल्लेख्य देखिएको छ,’ उनले भने ।

जिल्लाभर २ लाख ६० हजार २ सय ७३ मध्ये प्रतिनिधिसभा १ मा १ लाख ३० हजार ७ सय ९ र २ मा एक लाख २९ हजार ५ सय ६४ मतदाता रहेका छन् । गत बैशाखमा सम्पन्न निर्वाचनपछि झण्डै ३ हजार मतदाता थपिएका थिए । जिल्लाभरका ३ सय २० मतदान केन्द्रमा २ हजार ८ सय ३८ कर्मचारी परिचलान गरिएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?