कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मतदान केन्द्र अपांगतामैत्री नहुँदा समस्या

रासस

नवलपरासी — पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरिन् । मतदान महत्त्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेको भनाइ छ ।

मतदान केन्द्र अपांगतामैत्री नहुँदा समस्या

शारीरिक रुपमा अशक्त काफ्लेले ‘ह्विलचियर’को साहारामा भए पनि मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन् ।

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिक रुपमा अशक्त छिन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन् । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली-१५ की ८८ वर्षीया ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन् । उनी मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउँछिन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे भने दृष्टिविहीन छन् । उनलाई पनि अन्यलाई झैं मतदानका लागि केन्द्र पुग्न कठिन छ । तर अरुको सहायतामा नभइ आफैं मत हाल्न मन लागेको उनी बताउँछन् । तर यसका लागि सहज व्यवस्था नहुँदा त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ । देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?