हुम्लामा ४० प्रतिशत मतदान

ज्योती कटुवाल

सुर्खेत — हुम्लामा दिउँसो १:३० बजेसम्म ४० दशमलब ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् । निर्वाचन कार्यालयले जनाए अनुसार अहिलेसम्म हुम्लामा जम्मा १३ हजार ३६३ जनाले मतदान गरिसकेका छन् ।

जसमध्ये ६ हजार ९५३ जना पुरुष र ६ हजार ४१० जना महिलाले मतदान गरिसकेका छन् । हुम्लामा आइतबार बिहानदेखि नै मतदान जारी छ ।

मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान भइरहेको छ । यद्यपि दोलखा सहितका केही स्थानमा भने मतदान रोकिएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा अहिलेसम्म ३१ प्रतिशत मतदान

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा दिउँसोसम्म ३१ प्रतिशत मतदान भएको छ । अधिकांश संस्थानमा बिहानदेखि मध्यान्हसम्म मतदाताको उपस्थिति कमी थियो ।  क्रमश: दिउँसोदेखि मतदाताको उपस्थिति बढ्दै गएको निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए । मध्यान्हसम्म २२ प्रतिशत खसेकोमा क्रमश: बढ्दै गएको उनको भनाई छ । 

जिल्लामा अघिल्ला निर्वाचनभन्दा अझ व्यवस्थित गरिएको छ । जेष्ठ नागरिक, अशक्त, अपांगता भएकाका लागि मतदानका लागि पहिलो प्राथमिकतामा राखिएको छ । यस पटक सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था भएपछि सहज भएको मतदान गर्न आएकी शान्तिला तामाङले बताइन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा निर्वाचनको लागि दुई क्षेत्र रहेको जिल्लामा १ सय १९ मतदानस्थल र १ सय ६४ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये महिला ५८ हजार ४ सय ४५ र पुरुष ५८ हजार ४ सय ४६ गरी कुल १ लाख १६ हजार ९ सय ९१ मतदाता छन् ।

प्रदेशसभा १ मा मतदानस्थल ६४ र मतदानकेन्द्र ८७ छन् । यस्तै, प्रदेशसभा २ मा मतदानस्थल ५५ र मतदान केन्द्र ७५ कायम गरिएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×