कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाराका २ मतदान केन्द्रमा मतपेटिका परिवर्तन

सिल गरी गणना गर्ने सहमतिपछि मतदान सुरू
लक्ष्मी साह

बारा — प्रत्यक्ष निर्वाचन प्रणाली तर्फकाे मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा र प्रदेश सभाकाे मतपत्र प्रतिनिधि सभाकाे मतपेटिकामा झुक्किएर हालेपछि बाराका २ मतदान केन्द्रमा उक्त मतपेटिका सिल गरी अर्काे मतपेटिका राखिएकाे छ ।

बाराका २ मतदान केन्द्रमा मतपेटिका परिवर्तन

कलैया उपमहानगरपालिका २५ सिसहनीया नेराप्राविकाे (ग) मतदान केन्द्र र जीतपुरसिमरा उपमहानगरपालिकाकाे पाेता स्थित नेराप्रावि (ख) मतदान केन्द्रमा एक/एक मतपेटिका परिवर्तन गरिएकाे जिल्ला निर्वाचन अधिकारी सराेज चाैधरीले बताए ।

त्यसरी मत हालिएपछि दलका प्रतिनिधिहरूबीच विवाद भएर केही घण्टा मतदान राेकिएकाे थियाे । मतपेटिका सील गरी त्यस मतपत्रलाई गणना गर्ने सहमतिपछि उक्त दुवै मतदान केन्द्रमा मतदान सुरू भएकाे उनले बताए । दुवै मतपेटिकामा खसेकाे मतपत्रकाे यकिन छैन । तर जिल्लास्थित एक सुरक्षा अधिकारीकाअनुसार ७५ मतपत्र भन्दा कमै रहेकाे छ । मतदान केन्द्रमा मतपेटिकासँगै स्वस्तिक छाप लगाउने ठाउँ र मतपत्र प्रदान गरिने ठाउँ कतै साँघुराे र कतै मतदान केन्द्रमा ती सबैकाे सही व्यवस्थापन गर्न नसक्दा मतदाताहरू झुक्किने गरेकाे पाइएकाे छ । त्यसैले समस्या भएको ती सुरक्षा अधिकारीले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?