कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अपेक्षा गरे जस्तो मतदाताको 'फ्लो' देखिएन : दाहाल

हरिराम उप्रेती

गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहाल चितवन- ३ मा मतदान गरी गोरखा आइपुगेका छन् ।

अपेक्षा गरे जस्तो मतदाताको 'फ्लो' देखिएन : दाहाल

दाहालले अहिले आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ अन्तर्गतका मतदान केन्द्रको अवलोकन गरेका छन् । तनहुँका दुइवटा मतदान केन्द्रको अवलोकन गर्दै गोरखा प्रवेश गरेका दाहालले गोरखा नगरपालिका अन्तर्गत विरेन्चोक, कुन्दुरटार, तेह्रकिलोको मतदान केन्द्रको अवलोकन गरे ।

दाहाल आइतबार दिनभर गोरखा क्षेत्र नं २ अन्तर्गतकै मतदान केन्द्रहरूमा अवलोकनमा जाने बताइएको छ । यस क्रममा उनले मतदाताहरू बढ्ने बताएका छन् ।

‘निर्वाचन आयोगले ७० प्रतिशत वरिपरि मत खस्छ भनेको छ, त्यही नै सही हुन्छ जस्तो मलाई लाग्छ,’ दाहालले भने । आइतबार बिहान अवलोकन गरेको मतदान केन्द्रमा मतदाताको 'फ्लो' जति हुनुपर्ने थियो त्यति नभएको उनले बताए । ‘बिहान केही मतदान केन्द्रमा पुग्दा मतदाताको फ्लो जति हुनुपर्ने थियो, त्यति भएजस्तो फिल भएन,’ उनले भने,‘त्यहाँ बुझ्दा बिहान पनि भयो, हुस्सु पनि लाग्यो, मान्छेहरू खाना खाएर आउँछन् भन्ने जवाफ पाइयो, दिउँसो घाम लाग्दै गएपछि मान्छे आउँछन् भन्ने छ ।’

मतदाताले निर्वाचनलाई सहज ठानेको पनि दाहालको भनाइ थियो । यद्यपि स्थानीय तह निर्वाचनका उम्मेदवार सिधै मतदातासँग जोडिने भएकाले पनि स्थानीय तह निर्वाचन जस्तै चहलपहल अहिले नभएको हुनसक्ने उनको आकलन थियो ।

प्रकाशित : मंसिर ४, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?