कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एउटै पदमा उम्मेदवारी दिएका एउटै वडाका तीनै जनाले एकसाथ गरे मतदान 

डम्बरसिंह राई

खोटाङ — प्रदेशसभा खोटाङ–१ मा उम्मेदवारी दिएका एउटा वडाका तीनै जनाले एकसाथ मतदान गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई, एमालेका पाँचकर्ण राई र जनता समाजवादी केन्द्रका राकेश राईले बुइँपाको सहयोगी आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे एकसाथ मतदान गरेका हुन् । उनीहरु तीनै जना एउटै वडाका हुन् । 

एउटै पदमा उम्मेदवारी दिएका एउटै वडाका तीनै जनाले एकसाथ गरे मतदान 

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छाको साकेला मावि केन्द्रमा मतदान गरेका छन् । एमालेको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका विशाल भट्टराईले खोटाङबजारको भगवती मावि केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेशसभा खोटाङ–२ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका कांग्रेसका भूपेन्द्र राईले याम्खाको महेन्द्रोदय मावि केन्द्रमा मतदान गरेका छन् । एमालेको तर्फबाट खोटाङ २ मा उम्मेदवारी दिएका रामप्रसाद दङ्गालले बतासेको राम्चे निकेतन मावि केन्द्रका मतदान गरेका हुन् ।

जनता समाजवादीको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका डा. कृष्णकुमार राईले सप्तेश्वरछितापोखरीको डाडाँखर्कमावि केन्द्रमा र प्रतिनिधिसभामा उम्मेदवारी दिएका राप्रपाका सर्जु श्रेष्ठले दिक्तेलको सरस्वती मावि केन्द्रमा मतदान गरेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?