संखुवासभाका २ केन्द्रमा मतदान अवरुद्ध

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाका २ वटा मतदान केन्द्रमा मतदान कार्यक्रम अवरुद्ध भएको छ । खाँदबारीकाे महेन्द्र मावि मतदान केन्द्र र चैनपुरकाे सरस्वती बिहिटिडाडा केन्द्रमा मतदान अवरुद्ध भएकाे हाे ।

मतदान अधिकृतले प्रतिनिधिसभाकाे मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएकाे हाे ।

प्रकाशित : मंसिर ४, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचनविरुद्ध प्रदर्शन गर्ने नेकपा बहुमतका ७ कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन अवज्ञा गर्न भन्दै प्रदर्शनमा उत्रिएका धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका सात जना कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौंस्थित माइतीघरमा निर्वाचनको अवज्ञा गर्न नाराबाजीमा उत्रिएका दुई महिलासहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सिंहदरबारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजित भएको नेकपा बहुमतले निर्वाचन अवज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : मंसिर ४, २०७९ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×