३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँचथरको सुखबोध माध्यमिक विद्यालय ‘ख’ केन्द्र नजिकै विस्फोट

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भएको हो ।

पाँचथरको सुखबोध माध्यमिक विद्यालय ‘ख’ केन्द्र नजिकै विस्फोट

विस्फोटसँगै केही छर्रा मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभए पनि करिब ५ मिनेट मतदान प्रक्रिया अवरुद्ध भएको बताइएको छ ।

विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विस्फोट भएको वस्तुबारे भने अझै खुलिसकेको छैन ।

यो मतदानस्थलमा तीनवटा केन्द्र छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?