कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट उनले मतदान गरेका हुन् । 

प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ

सभापति लामिछानेले प्रदेशसभा सदस्यामा भने मत खसालेनन् । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेशसभामा आफू सहभागी नबनेको उनको दाबी छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न भने पाएनन् । भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिबद्धता जनाए ।

‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दु:ख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ,’ उनले भने ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?