२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन्  । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिको पशुपति मावि ' क' केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् । 

राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

मतदान गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना शनिबार पर्वत पुगेका थिए । मतदानपछि अध्यक्ष तिमिल्सिनाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका थिए ।

पर्वतमा प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभाका दुई निर्वाचन क्षेत्र छन् । पर्वतका सबै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?