कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मदिरा सेवन गर्ने मतदान अधिकृत हटाइए

मनोज पौडेल

कपिलवस्तु — नैतिक आचरण विपरीत काम गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर 'ख' केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । साथै, उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ ।

उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए । अनुगमनमा रहेको टोलीले उनले नैतिक आचरण विपरित काम गरेको भेट्टाएको थियो । उनलाई सेवा सर्त ऐन अनुसार कारबाही गर्ने तयारी छ ।

निर्वाचन सम्बन्धी कामका लागि खटाइएका मतदान अधिकृतलगायत कर्मचारीलाई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न निर्वाचन अधिृकत मरासिनीले निर्देशन समेत दिएका छन् ।

प्रकाशित : मंसिर ३, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?