कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रुपन्देहीका २ सय १३ मतदानस्थलमै तयारीका काम सुरु

अमृता अनमोल

बुटवल — रुपन्देहीका सबै मतदानस्थलमा शुक्रबारदेखि कर्मचारी खटिएका छन् । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारीका लागि रुपन्देहीमा मतदानस्थल तथा केन्द्र व्यवस्थापन थालिएको छ ।

रुपन्देहीका २ सय १३ मतदानस्थलमै तयारीका काम सुरु

रुपन्देहीमा २ सय १३ मतदानस्थल र ७ सय ७ केन्द्र तोकिएको छ । त्यसमध्ये ५ वटा मतदानस्थल अस्थायी हुन् । सबै मतदान अधिकृत तथा कर्मचारीहरू बिहानैदेखि निर्वाचन सामग्रीसहित तोकिएका स्थानमा खटिए ।

दिनभर उनीहरूले निर्वाचन सामग्री रुजु गर्ने र मतदानस्थल तथा मतदानकेन्द्रमा तारबार गर्ने काम थालेका छन् । जिल्लाका एक दर्जनभन्दा बढी मतदानस्थलमा शुक्रबार नमुना मतदान गराइएको छ । कर्मचारीहरूलाई अभ्यस्त बनाउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले रुपन्देहीका ६५ मतदानस्थल र १ सय ८६ केन्द्र सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचीमा राखेको छ । सीमा नजिक रहेका, निर्वाचन विरोधी समूहका गतिविधि हुने र विगतमा समस्या आएका मतदानस्थल हेरेर संवेदनशीलताको सूची वर्गीकरण गरिएको पप्रमुख जिल्ला अधिकारी भरतकुमार पाण्डेले बताए ।

रुपन्देहीमा प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको छ । जसमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता छन् ।

प्रकाशित : मंसिर २, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?