२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निर्वाचनको तयारी पूरा‚ बिहीबार राति १२ बजेदेखि प्रचार गर्न नपाइने

काठमाडौँ — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै बिहीबार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ । 

निर्वाचनको तयारी पूरा‚ बिहीबार राति १२ बजेदेखि प्रचार गर्न नपाइने

निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले समानुपातिकबाहेक प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको बताए ।

निर्वाचनका लागि कूल ८ करोड पतपत्र छापिएको जानकारी दिए । उनले ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने भन्दै १८ कूटनीतिक नियोगले अनुगमन गर्ने बताए । मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था प्रदान गर्नेगरी २ दिनभित्र केन्द्र निर्माण गरिने समेत उनले बताए ।

व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?