फिचर

बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर...

सहकार्य र सहयात्राको ४१ औं वर्ष । यो जोडीले पञ्चायत, बहुदल र गणतन्त्र देख्यो । रंगमञ्चमा जन्मिएका यी दुईले एकअर्काका हात समाएर यात्रा सुरु गरे । उनीहरुको सहकार्य साथ, भरोसा र विश्वासबाट सुरु भयो । उदाहरण बने असल मितत्राको, अनि बलियो साथको । यी दुई परिवर्तनका वाहकमात्र बनेनन् हास्यव्यंग्यको नबिर्सने इतिहास बने । दर्शकको ताली र हाँसोमा जन्मिएको यो जोडी हो 'मह' । 

भाद्र १५, २०७८

त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसले हालै १०४ औं वार्षिकोत्सव मनायो । एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको यो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ ।

भाद्र १३, २०७८

अन्जन गजुरेल : बलिउडमा देखाउँदै छन् कलाको जादु

चाँदीवाली स्टुडियोमा ‘लुडो’ फिल्मको सुटिङ हुँदै थियो । सुटिङकै क्रममा एकदिन स्टुडियो घुम्दै गर्दा निर्देशक अनुराग बासुको आँखा त्यहाँको पौडी पोखरी पर्‍यो । कला निर्देशकलाई बोलाएर फिल्मको प्रमुख पात्र पंकज त्रिपाठीको अड्डा त्यही बनाउन निर्देशन दिए । पौडीपोखरी फोहोर थियो । लेउले हरियो देखिन्थ्यो । कला निर्देशकले कश्यपको दिमागभित्र रहेको दृश्यलाई स्केचमा उतारिदिए । बासुले ‘ओके’ गरेपछि सानो पौडीपोखरीमा अड्डा बनाउने काम सुरु भयो । ठूलो तालको बीचमा अड्डा रहेको देखाउनु थियो । बाँस र ड्रम प्रयोग गरेर हिँड्ने बाटो बनाए । पंकज त्रिपाठीको मुख्य अड्डा पुग्नु अगाडि दायाँ र बायाँको झुपडी बनाए । पैसा गन्ने दृश्यका लागि अर्को झुपडी पनि तयार गरे ।

भाद्र १०, २०७८

‘आमा, दिदी बहिनी हो...!’ क्रान्तिकारी आवाजको अन्त्य 

प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक हुन्- जेबी टुहुरे । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिदैँ जनमत निर्माणका लागि आफ्नो आवाज दिए । माले भूमिगत हुँदा सांँस्कृतिक कार्यक्रममार्फत् पार्टीका एजेण्डा उनले आमजनता माझ पुर्‍याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिखेर नामको पछाडि 'टाइटल' राख्ने चलन थियो । उनले आफ्नो नामको पछाडि  ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए । 

ज्ञानको भण्डार ‘सरकारी बोरा’मा [भिडियो]

२०७२ को भूकम्पले ढलेको छैटौं वर्षमा धरहरा बन्यो । रानीपोखरी र सँगै रहेको दरबार हाई स्कुल पनि बन्यो । काष्ठमण्डप निर्माणको अन्तिम चरणमा छ । सिंहदरबारको पुरानो भवन बन्यो, केशरमहल रेट्रोफिट भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू बनिरहेका छन् । तर, हरिहर भवन भत्केसँगै त्यहाँ रहेको राष्ट्रिय पुस्तकालका ऐतिहासिक तथा दुर्लभ पुस्तकहरू अझै बोरामै छन् ।

भाद्र ७, २०७८

‘मह’ अघिको ‘हाडापाल’ जोडी : ‘जसलाई नयाँ पुस्ताले चिन्दैन’ [भिडियो]

एकदिन दुई गरिब साथीले पैसा कमाउने जुक्ति निकाल्छन् । मागेर जिन्दगी नचलेपछि एकजनाले प्रस्ताव राख्छ, ‘बाटोमा बसौं । गाडी आउनासाथ खुट्टा अल्झाइदिउँ अनि गाडीले खुट्टा कुल्चिन्छ । ड्राइभरलाई तपाईंले समात्ने अनि पैसा झार्ने ।’ आइडिया त राम्रो ! तर गाडीको पाङ्ग्रामा कसले खुट्टा राख्ने ? दुईबीच घनघोर छलफल चल्छ । आइडिया काम लाग्ने देखिँदैन ।

भाद्र ४, २०७८

जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्‍यो

बिहीबार । रातको १० बज्दै थियो । कालीमाटी प्रहरीका डिएसपी अपिल बोहोराको टोली प्रहरी भ्यान साइरन बजाउँदै टेकुतिर हुइँकिदै थियो । भ्यानको अघिअघि दौडिरहेको थियो एउटा राँगो ।  

भाद्र ३, २०७८

बीपीविरुद्ध सर्वोच्चले गरेको त्यो फैसला...

२०१७ सालमा नवौं शाह वंशीय राजा महेन्द्रले जननिर्वाचित सरकारलाई हटाएर निरंकुश व्यवस्था लागु गरे । राजा महेन्द्रको उक्त कदमविरुद्ध नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गर्‍यो ।

श्रावण ३२, २०७८

कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]

सिसा या माटोको भाँडा देख्ने बित्तिकै निरन श्रेष्ठको हात चलमलाई हाल्थ्यो । सानो लठ्ठीले ट्वाङटुङ हान्थे, भाँडोको आवाज सुन्न । एकदिन आफ्नो कपडा पसल छेउको दोकानबाट चिया मगाएर पिउँदै थिए ।

श्रावण २९, २०७८

सर्पका साथीहरू

सर्प भन्ने बित्तिकै हामी सबैमा एक प्रकारको डर पैदा हुन्छ। सर्पले डस्ने बित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने आम बुझाइका कारण हामीमा त्रास पैदा भएको हो । त्यसैले त गाउँघरतिर मानिसहरु सर्प देख्‍ने बित्तिकै मारिहाल्छन् । अझ भनौं, देख्‍ने बित्तिकै सर्पको टाउकोमा हान्छन् । सर्प हाम्रो लागि शत्रु नभएर मित्र पनि हो ।