सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट गुज्रिइरहेको छ । अहिले नेपाल सरकार चिनियाँ ठेकेदारलाई निर्माण कहिले सुरु हुन्छ भनेर सोध्न सक्ने अवस्थामा पनि छैन।
२०५६ मा रेकर्ड भएको 'बसमा छैन मेरो मन' बोलको गीत विभिन्न अकाउन्टबाट युट्युबभरि अपलोड गरेको देखेपछि संगीतकार राजन इशानलाई आफ्नै च्यानल खोल्न मन लाग्यो । एक वर्षअघि युट्युब खोलेर उनले यो गीत अपलोड गरे । गीत अपलोड गरेको केही क्षणमै 'एप्पल म्युजिक'ले प्रतिलिपि अधिकार दाबी गर्यो ।
गीत रचनाका लागि राजनराज सिवाकोटीलाई सधैं प्रकृति र शान्त ठाउँ मनपर्ने । तीनताका उनी नयाँ सिर्जना कोर्न दोलखा नै पुग्ने गर्थे । 'कस्तो खालको गीत लेख्ने' यात्राभरि उनको दिमाग घुमिरहन्थ्यो । आफू हुर्केको गाउँमा उत्रने बित्तिकै पूराना घरहरु देख्थे । घरको कौसीमा कतै युवा कतै युवती । कोही कपाल फिजारेर बसिरहेका । यी दृश्य नियाल्दै गर्दा उनी मनमनै सोच्थे,'कौसीमा बसिरहेका ती नव यौवनाहरुको मनस्थिति कस्तो हुन्छ होला ? उनीहरुले प्रेमको आभाष गर्दा कस्तो अनुभव गर्लान् !'
मुलुकको आयात–निर्यातको मुख्य नाका वीरगन्ज कोरोना महामारीको पनि हटस्पट बन्यो । वैशाख र जेठमा सुरु भएको पहिलो लहरको संक्रमणले कसैको ज्यान नलिए पनि साउन पहिलो सातादेखि फैलिएको दोस्रो संक्रमणबाट पर्सामा ५३ जनाले ज्यान गुमाए ।
डा. डम्बर खड्कालाई उनका सहकर्मी र परिवारका सदस्यले बारम्बार आग्रह गर्थे– कोरोना परीक्षण गराउनुस् । उनी भने सधैं टारिरहन्थे । हेर्दाहेर्दै सहकर्मी चिकित्सकलगायतका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थाले । एक जना वरिष्ठ चिकित्सकको त ज्यानै गयो ।
कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला रत्नपार्कमा दिनदिनै सयौंलाई खाना खुवाउने दिन हन्ड्रेड्स ग्रुपका बब्लु गुप्तालाई एउटै चिन्ता हुन्थ्यो– भोलि कसरी खाद्यान्न जोहो गर्ने ? पुरानो परिचय नभए पनि एकदिन डिल्लीबजारका किराना पसले किशोर महर्जनले उनलाई ६० हजार रुपैयाँको खाद्यान्न उधारो पत्याए ।
संक्रमण विश्वभर फैलिँदै थियो । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा विश्व स्वास्थ्य संगठन नै अलमलमा थियो । संक्रमणले ज्यान जाने क्रम बढ्दै थियो । यसको चपेटाबाट नेपाल अछुतो रहेन ।
एउटै घरमा बस्ने परिवारका सदस्यहरू नै नजिक हुन डराइरहेका बेला भारतबाट आएका व्यक्तिसँग नजिक हुने कसको हिम्मत ? चैत ११ देखि सरकारले घोषणा गरेको लकडाउनका कारण उनीहरू भोकभोकै पैदल हिँडेर गृहप्रदेश त पुग्थे, तर सुब्बाकुना नाकामा झन् बिजोगको सामना गर्नुपर्थ्यो । भारत र देशका विभिन्न ठाउँबाट आएका नागरिकको भोकप्याससँग स्थानीयदेखि केन्द्र सरकार बेखबरजस्तै थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा कोरोना संक्रमणबाट मृत्यु भएका ५८ वर्षीय पुरुषको शवले १८ घण्टादेखि सद्गत पर्खिरहेको थियो । शव उठाउन एम्बुलेन्स तयार थिए न व्यवस्थापन गर्ने ठाउँकै टुंगो थियो । जेठ २५ मा पोखरामा कोरोनाबाट ज्यान गुमाएका पहिलो व्यक्तिको शव बोक्न कोही एम्बुलेन्स चालक तयार भएनन् । यही अन्योलका बीच ग२च ७००२ नम्बरको एम्बुलेन्स लिएर अमजद मियाँले ‘इन्ट्री’ मारे ।
क्वारेन्टाइनमा रहेका बाँके नरैनापुर गाउँपालिका–५ का ६ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष कृष्णचन्द्र मौर्य आत्तिए । संक्रमितलाई कहाँ राख्ने ? कसरी व्यवस्थापन गर्ने ? अब वडा नै ‘हटस्पट’ बन्ने त होइन भन्ने चिन्ता र त्रास थपियो । ती संक्रमितलाई जेनतेन नेपालगन्जको आइसोलेसनमा बस्ने व्यवस्थापन मिलाए तर कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमित थपिँदै गए ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा कोही जमाती (मुस्लिम धर्म प्रचारक) रोटी पकाउँदै थिए, कोही रोटी खाँदै थिए । एक्कासि प्रहरी टोलीले मस्जिद घेरा हाल्यो । रोटी पकाउने र खाने क्रम रोकियो । प्रहरी र स्वास्थ्यका कर्मचारीले जमातीलाई मस्जिदबाट निकालेर एम्बुलेन्समा हाले र लगे ।
सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा दिन भनेर खोलिएको जिल्ला अस्पताल सिमखेतमा आउने बिरामीको संख्यान्यून हुन्थ्यो । अस्पताल प्रांगणसँगै जोडिएका निजी मेडिकलहरूमा भने मानिसको घुँइचो लागेको हुन्थ्यो । बिरामीको चाप थाम्न निजी मेडिकललाई भ्याइनभ्याई थियो ।
कोभिड–१९ को संक्रमणले बाहिरी विश्वझैं नेपाली समाज पनि एकैसाथ आक्रान्त बनिरहेका बेला सधैंभरि योजना र सपनाको भर लिएर हिँड्ने म्याग्देली महावीर पुन कता होलान् ?