कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लकडाउनलाई १० गीत, आभासका सिफारिस

काठमाडौँ — गायक/संगीतकार आभास लकडाउन सुरुहुनु अघि नै ‘वर्क फर्म होम’मा थिए । छाउनीस्थित निवासबाटै उनी कार्यालय (नेपालय)को काम डिजिटल माध्यमबाट गरिरहेका थिए । लकडाउनका यी १२ दिनमा आभासले घरमै बसेर केही संगीत सिर्जना गरे, केही कविता लेखे त केही गीतमा धुन भरे । 

लकडाउनलाई १० गीत, आभासका सिफारिस

केही महिना अघि आभासको शब्द र संगीतमा नेपाली वर्णमालाहरुको गीत तयार भएको छ । बच्चाहरुलाई गीतका माध्यमबाट अक्षरमात्र हैन, प्रकृति, समाज, देश र विश्व–ब्रम्हाण्डको ज्ञान कसरी सिकाउने ? कसरी संगीतलाई सिर्जनात्मक सिकाइको माध्यम बनाउने ? यिनै प्रश्नले जन्माएको हो उनको वर्णमाला सिर्जना । मीना निरौला र बेनुका राईको स्वर रहेको गीत यतिबेला घरैमा बच्चाहरुलाई सुनाउँदै सिकाउन सकिन्छ, एनिमेटेड भिडियोसहित ।


बच्चाहरुलाई गीतका माध्यमबाट अक्षरमात्र हैन, प्रकृति, समाज, देश र विश्व–ब्रम्हाण्डको ज्ञान कसरी सिकाउने ? कसरी संगीतलाई सिर्जनात्मक सिकाईको माध्यम बनाउने ? यिनै प्रश्नले जन्माएको हो उनको वर्णमाला सिर्जना । मिना निरौला र वेनुका राईको स्वर रहेको गीत यतिबेला घरैमा बच्चाहरुलाई सुनाउँदै सिकाउन सकिन्छ, एनिमेटेड भिडियो सहित । तपाईं पनि नेपाली बाल रचना नामक युट्युब च्यानलमा यो वर्णमाला सुन्न सक्नुहुन्छ ।


‘बाँकी वर्णमालाका पनि थिमहरु रेकर्ड भइसकेका थिए, तिनैलाई थप माझ्ने काम गरिहेको छु,’ उनले भने, ‘लकडाउन सिर्जनशील बनिरहेको छ ।’ यस अवधिमा उनले केही कविता लेखका छन्, पढेका छन् । भारतीय कवि कुलदीप कुमारका कविताहरु पढिरेका उनले शनिबार विश्व प्रसिद्ध संगीतकार विथोविनको आत्मकथा हात पारेका छन् । ‘अब यो पढ्न थाल्छु,’ उनले भने ।

लक डाउनमा कस्ता संगीत सुन्ने ?


आभासको विचारमा यो समय मान्छेले आफूलाई बोध गर्ने समय हो । एउटा सानो चिजले पनि कसरी मानिसको सिंगो बुझाईलाई पुर्नपरिभाषित गर्ने अवस्थामा पुर्‍याइदिन्छ भन्ने परिस्थिति अहिले जन्मेको छ । यस्तो बेला निराशा र कुन्ठालाई जितेर अघि बढ्न उत्प्रेरित गर्ने संगीत सुन्नुपर्छ भन्ने उनलाई लाग्छ । ‘मृत्युसित डराएर नै हामी यतिबेला लकडाउनमा खुम्चिएका हौं नि,’ उनले भने, ‘त्यही भएर जीवनप्रति, जीवनको अर्थप्रति अगाध मोह जगाउने खालका गीतहरु सुन्नुपर्छ ।’


आभासलाई मनपर्ने यस्ता केही गीत छन्, तिनले जतिबेला सुने पनि संकट चिर्ने उर्जा दिन्छन् । पीडाको अँध्यारो सुरुङबाट उज्यालो मैदानतिर डोर्‍याउँछन् । निराशाको दुरुह खाल्डोबाट निकालेर आशाको फराकिलो सगरमा डुलाउँछन् । उनलाई मनपर्ने यी गीतहरु उनले लडडाउनको अवधिमा दोहोर्‍याएर सुने । ‘साँच्चिकै उर्जा मिल्यो’ उनले भने, ‘यी गीतहरु धेरैपटक सुनेको छु ।’


आभासको रोजाइका १० गीत :


१. यात्रा त्यही बाटो त्यही– अम्बर गुरुङ

२. कोशी छेऊ उभिएको सिमल– मञ्जुल, रामेश

३. आजै र राति के देखें सपना– नारायण गोपाल

४. फूललाई सोधें– अरुणा लामा

५. सम्हालेर राख– शान्ति ठटाल

६. एक फूल झरेर के भो– तारादेवी

७. जीवन हुरीको गीत हो– फत्तेमान

८. मन रे तु काहे न धीर धरे– मोहम्मद रफी

. व्हेर ह्यृाभ अल द फ्लावर्स गनपिट सिजर

१०. वी स्याल ओभरकम– पिट सिजर

प्रकाशित : चैत्र २३, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?