२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सञ्‍जीव उप्रेतीका पुस्तक सिफारिस

रीना मोक्तान

काठमाडौँ — यतिखेर सबैको चासोको विषय हो, कोरोना समाचार । समाजिक सञ्‍जालदेखि संचार माध्यम यिनै समाचारले भरिएका छन् । यस्तोबेला लेखक सञ्‍जीव उप्रेतीको ध्यान पनि यस्तै विश्वको समाचार पढ्नमै बितिरहेको छ ।

सञ्‍जीव उप्रेतीका पुस्तक सिफारिस

लकडाउनको समय विश्व स्वास्थ्य संगठनलगायत विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार अप्डेट राख्दैमा दिन बितिरहेको सञ्‍जीव बताउँछन् । 'घनचक्कर', 'सिद्धान्तका कुरा' र 'हंस' पुस्तकका लेखक सञ्‍जीवले 'मकैको अर्कै खेती' नाटक पनि लेखेका छन् ।



आजको श्रृंखलामा लकडाउनमा बसेका पाठकका लागि उनले पाँच पुस्तक सिफारिस गरेका छन् । मानिसले प्रकृति बिगारेकै कारण कोरोनाजस्ता भाइरसको उत्पति भएको बताउने उले प्रकृतिसम्बन्धि पुस्तक नै सिफारिस गरेका छन् ।


हिप्पी



‍लाइट रिडिङको लागि पाउलो कोएल्होको 'हिप्पी' भन्ने पुस्तक पनि राम्रै छ । आख्यान पढ्नेहरुका लागि यो पुस्तक उचित होला । रमाइलै छ यो पुस्तक पनि । त्यति हेभी पनि छैन । सन् १९७० दशकको युरोपेली समाजको मनोदशा यसमा चित्रण गरिएको छ ।


द हिडन लाइफ अफ ट्रिज



पिटर होलेवेनको 'द हिडन लाइफ अफ ट्रिज' पनि पढ्न सिफारिस गर्छु । प्रकृति, रुखहरुको विषयमा यो पुस्तकमा धेरै कुरा गरेको छ । मेरो आफ्नै विचारअनुसार यो कोरोना भाइरस पनि मानवले प्रकृतिको इको सिस्टम बिगारेको हुनाले आएको हो । त्यो हिसाबले पनि यतिबेला मानिसलाई प्रकृतिको बारेमा बुझ्न जरुरी छ जस्तो लाग्छ । यो पुस्तक म लकडाउनमा रहेका पाठकहरुलाई पढ्न रिकमेन्ड गर्छु ।


इकोफेमिनिज्म



वन्दना शिवाको इकोफेमिनिज्म भन्ने किताब पनि पढ्दा हुन्छ । यसमा प्रकृति र लैङ्गिक सम्बन्धको बारेमा छ । प्रकृति र मानव सम्बन्धलाई लैङ्गिक दृष्टिकोणमा कसरी हेर्ने भन्ने कुरा यस पुस्तकमा लेखिएको छ । यो पुस्तक पनि पढ्न रिकमेन्ड गर्छु सबैलाई ।


ट्वान्टी वान लेसन्स फर ट्वान्टी फस्ट सेन्च्यूरी



युवल हरारीको 'ट्वान्टी वान लेसन्स फर ट्वान्टी फस्ट सेन्च्यूरी' अहिलेको प्रचलित पुस्तक हो । त्यो पनि म पढ्न सिफारिस गर्छु । किनकि अहिले जुन भाइरस आएको छ, यो ग्लोबल सिस्टमसँग जोडिएको कुराहरु हुन् । त्यसलाई संसारले बुझ्न जरुरी छ ।


उत्कृष्ट कथा २०७६



समय बिताउनको लागि त बाह्रखरीले निकालेको २०७६ का उत्कृष्ट कथा भनेर संकलन पनि उपयुक्त हुनसक्छ । यो मैले पढेको त छैन । तर अब पढ्ने सोच्दै छु । पहिले पढ्ने समय मिलेको थिएन अहिले छ। नेपालका युवा लेखकहरुले कस्ता विषयमा कथा लेख्दै हुनुहन्छ त्यो बुझ्न मलाई मन लागेको छ । धेरैजनाको कथा समेटिएको हुनाले धेरैको शैली र फरक विषयको स्वाद यसमा हुनसक्छ ।

प्रकाशित : चैत्र २०, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?