अपमानले गर्दा मिलेको प्रेरणा

नुमा थाम्सुहाङ

काठमाडौँ — ‘एक क्षण जीवन सकिएजस्तो लागेको थियो । मलाई त्यो घटना सपनाजस्तो लाग्छ,’ राधाले भनिन् । २०६२ साल चैत १६ गते उनी कहिल्यै बिर्सन सक्दिनन् । एक गैरसरकारी संस्थामा संयोजकको काम गर्ने राधा चुच्चेपाटीस्थित एक गेस्ट हाउसमा व्यवस्थापकको रुपमा समेत काम गर्थिन् । 

ZenTravel

‘सबै राम्रै चलिरहेको थियो यदि त्यो रातको घटना नभएको भए,’ उनी विगत सम्झिन्छिन्, ‘रातको ९ बजेको थियो खाना खाएर निदाउन लाग्दा। एनजीओको काम बाँकी रहेकाले म कम्प्युटरमा व्यस्त थिए। ग्यासको गन्ध आयो। म भान्सामा गए, ग्यास बन्द गर्दा अचानक ठूलो आवाजमा पड्कियो। आफ्नो कोठामा निदाउन गइसक्नु भएको आमा पनि भान्सामा आउँदा उहाँ पनि घटनाको सिकार हुनुभयो।’

Meroghar

ग्यास पड्कदा दुईतले घरको पहिलो तला सबै बिग्रियो। बल्लतल्ल आफू र आमालाई सम्हाल्दै सुरक्षित ठाँउमा आएर छिमेकीलाई गुहार मागिन्। आफन्तलाई सम्पर्क गरेपछि छिमेकीको सहयोगमा उनी र उनको आमालाई कान्ति शिक्षण अस्पताल पुर्‍याइयो।

सामाखुसीघरभएकीराधा श्रेष्ठत्यसबेला२८ वर्षकी थिइन्। घटनापछिदुई रातसम्म अस्पतालको बेडमा जीवन र मृत्युसँगको दोसाँधमा संघर्षरत थिइन्। अस्पतालका डाक्टरले पनि उनी बाँच्न सक्ने आश मारिसकेका थिए। आगोले अनुहारदेखि पूरै जलाएको शरिरको अवस्था हेरेर डाक्टरले आमा मात्र बाँच्न सक्ने भने। तर यसको ठीक उल्टो भयो। राधा विगतसम्झँदै भन्छिन्, ‘सामाखुसीको घरमा आमासँगै बस्थें, अब आमा पनि रहनुभएन। आमा बित्नुभएको चार दिनपछि मात्र मैले थाहा पाएँ।’

तीन दिनसम्म अनुहार सुनिएर आँखा नदेख्दा दृष्टिविहिनजस्तै जीवन बिताएको क्षण उनलाई अझै याद छ। ‘आँखा नदेख्दा अरुको सहारामा बाँच्दा आफैलाई दया पलाएको थियो। घटनापछि आफूलाई केही नराम्रो भएको र म पहिला जस्तो हुन्न भन्ने थाहा थियो,’ उनले भनिन्, ‘पाँच महिनासम्म आफ्नो अनुहार नै हेरिनँ। हातखुट्टा देख्दा यो मेरो शरीर नै हो भन्ने लाग्थ्यो, तर त्यो म नै थिएँ।’

उनीसँग घटनापछिका जीवन नै फेरिएको तीतोमिठो अनुभव छ। ‘आफन्तबाट पूर्ण सहयोग पाएँ, त्यस्तो कुनै अपमान भएन,’ उनले भनिन्, ‘तर बाहिरी समाजले भने हामी मानिस नै होइनौं, जंगलबाट निस्केको जनावरजस्तो व्यवहार गर्छन्। अझ सार्वजनिक स्थानमा गिज्याउने, छोएको नखाने, घिनाउने गर्छन्। अझ कतै जागिरको लागि गयो भने त्यहाँ जस्तो अपमानित कहाँ भोगिन्छ?’

यो अपमानले नै उनलाई आगोबाट जलेका महिलाहरूका लागि केही गर्ने प्रेरणा मिल्यो। यसले गर्दा उनले २०७२ सालमा २१ जनाको टिमबाट ‘राधाको बर्न सर्भाइभर टिम’ को सुरुवात गरिन्। आफूजस्तै महिलाका लागि केही गर्न यो बाटो रोजिन्।

तर उनलाई आफ्नो टिमलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता उनको मनमा खेलिरहन्थ्यो। ‘एउटा यस्तो आधार तयार गर्नु थियो जसले मेरो टिममा भएका सदस्यहरू कामका लागि अरुसँग हात फैलाउन नपरोस्,’ उनी भन्छिन्, ‘थोरै लागतमा आफ्नै सिपको प्रयोग गर्ने सोचमा पोतेको व्यवसाय रोज्यौं। घरमै बसी सजिलै गर्न सकिने, बाहिर कसैलाई काम माग्न जानु नि नपर्ने। महिलाहरूले अनिवार्य प्रयोग गर्ने भएकाले यसको बजार पनि राम्रो छ। आम्दानीको स्रोत रुपमा यसलाई नै रोज्याैं।’ यसका साथै उनको टिमले विभिन्न होटलसँग सम्पर्क गरेर क्यान्डल डेकुरेटेडको काम गरे पनि लोडसेडिङ कम भएपछि यसको माग नै हुन छाडेको सुनाइन्। यो अवस्थासम्म आइपुग्नका लागि जर्मनीका डाक्टर एन्ड्रियूएसले धेरै मद्दत गरेको उनले सुनाइन् ।

उनको टिमले काठमाडौं, इन्द्रचोकबाट पोतेको सामग्री ल्याएर विभिन्न डिजाइनबनाएर तीज तथा हस्तकलाका विभिन्न प्रदर्शनीहरूमा भाग लिँदै आएका छन्। ‘प्रदर्शनीमा भाग लिँदा आयोजकले हामीलाई निःशुल्क उपलब्ध गराउनुहुन्छ, यसले निकै सहयोग भएको छ। कतिले प्रदर्शनमा हामीले बनाएको पोतेलाई विचरा भनेर किन्छन्, कोहीले वास्ता नै गर्दैनन्,’ उनले भनिन्, ‘हामीले पनि मिहिनेतका साथ काम गरेका छौं, विचरा भन्ने नजरलेचैं नहेरुन्। यसलाई प्रदर्शनी स्थलमा मात्र नभई बजारसम्म पुर्‍याउन सके टिमका लागि बलियो आधार निर्माण गर्न सक्थ्यौं। तर अझै संघर्ष गर्नुछ।’

टिमकी सदस्य हुन् सल्यानकी मुना रानामगर। उनी डेढ वर्षको हुँदा नै अनुहारको एकपट्टिको गाला आगोले जलेको छ। उनलाई आफ्नो उमेरसँगै साथीहरूको अनुहारको छाला देख्दा मेरो किन यस्तो भन्ने प्रश्न गर्थिन्?

१० वर्षदेखि आफन्तसँग नारायणथान, बुढानिलकण्ठमा बस्दै आएकी उनी भन्छिन्, ‘अरुको राम्रो छाला देख्दा आफूलाई नराम्रो लाग्थ्यो। कसैले गिज्याउँदा किन म यस्तो भएको भन्ने प्रश्न उठे पनि परिवारमा कसैलाई सोधिनँ।’

खाजा क्यान्टिनमा काम गर्दा अपमानित हुनुपरेको उनले सुनाइन्। जसले आफैँ केही गर्ने अठोटले उनी आज राधाको टिमको एक हिस्सा भएर काम गर्छिन्। ‘परिवारको सहयोग भए पनि बाहिरी समाजले गर्ने व्यवहार कहिले परिवर्तन हुन्छ?’ उनले भनिन्, ‘एक परिवर्तन हुने आशा मनमा छ, तर त्यो भन्दा पहिले आफैँले केही गर्नुपर्छ।’ टिममा जोडिएपछि आफ्नै संसार भएको महसुस हुने उनले सुनाइन्।
यो टिममा आगोले जलेका मात्र नभई फरक क्षमता भएका महिला पनि रहेका छन्। जसले उनीहरूमा आत्मियता बढेको मोरङकी कुमारी सुवेदी बताउँछिन्। १७ वर्षदेखि गौशालामा आमा र उनी मात्र बस्दै आएकी छन्। ८२ वर्षकी वृद्ध आमालाई स्याहार्ने उनी मात्र एक हुन्।
उनको दाहिने गालाको हड्डी सामान्य अनुहारको स्वरुपभन्दा धेरै ठूलो बढेको छ। ६ वर्षको हुँदा उनको अनुहारको हड्डी आकार बढेर अर्कै भएको उनले बताइन्। ‘यसको उपचार गर्ने खर्च थिएन, त्यत्तिकै यसको आकार बढ्दै अनुहारको स्वरुप नै अर्कै भएको छ,’ उनले भनिन्, ‘गाउँमा पनि आफ्नो घरजग्गा केही छैन। काठमाडौंको बसाई निकै कष्टकर छ।’ अनुहारको स्वरुपलाई लिएर सबैले अचम्म मानेर हेर्नाले नरमाइलो लागे पनि बानी परिसकेको बताउँछिन्। ‘राधाको टिमले नयाँ जीवन दिएको छ, बाँच्ने आधार भएको छ,’ उनी भन्छिन्, ‘टिममा विभिन्न ठाँउका साथीहरू छन्, जसले आफ्नो अनुभव आदानप्रदान गर्ने बाटो भएको छ।’

प्रकाशित : माघ ७, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच शिष्टचार भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — सात दिने भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच शिष्टचार भेटवार्ता भएको छ ।

मंगलबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा रक्षामन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। उनले दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताएका थिए।

भेटमा राजकुमारी एस्ट्रिडले नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुसीव्यक्त गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी थिइन्।यस्तै, उनले आफू अध्यक्ष रहेको डेमियन फाउण्डेसनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरा व्यक्त गरेकी थिइन्।

भेटमा राजकुमारीका श्रीमान्, बेल्जियमका लागि नेपालका राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित : माघ ७, २०७६ २०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×