१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यी हुन् घुम्नलायक उत्कृष्ट १० देश

सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ ।

यी हुन् घुम्नलायक उत्कृष्ट १० देश

क्याथरिन पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ । प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन् ।

विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ । पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ । यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ ।


अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ ।

१. नेपाल

आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त


२. इक्वेडर

गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त

३. न्युजिल्यान्ड

उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त

४. पेरु

माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त

५. अलस्का

वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त

६. ब्राजिल

अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस्

७. मोरोक्को

सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस्

८. चीन

प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस्

९. फिनल्यान्ड

आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस्

१०. केन्या

नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्

प्रकाशित : पुस १५, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?