कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घटेन मूल्य

मागभन्दा बढी सिमेन्ट उत्पादन भएको भनिए पनि मूल्य निरन्तर बढ्दो छ  । अर्थशास्त्रको सामान्य नियमअनुसार मागभन्दा आपूर्ति बढी हुँदा वस्तुको मूल्य घट्नुपर्छ  ।

नेपालमा सञ्चालित उद्योगले स्थानीय कच्चा पदार्थ, स्रोत साधन (प्रविधिबाहेक) उपयोग गरेर उत्पादन गरेका छन् । यसरी उत्पादन भएका सामग्रीको बजार मूल्य विदेशबाट आयातित सिमेन्टको भन्दा कम हुनुपर्ने उपभोक्ताहरू बताउँछन् । तर माग बढेको भन्दै हरेक महिनाजस्तो सिमेन्टको बजार मूल्य बढाइने गरेको उनीहरूको गुनासो छ ।


उत्पादकहरूले भने सिमेन्टको उत्पादन लागत नघटेकाले मूल्य घटाउन नसकिएको बताउँदै आएका छन् । ‘उत्पादन लागत कम सकियो भने आउँदा दिनमा सिमेन्टको मूल्य घटाउन सम्भव छ,’ संघका अध्यक्ष थापाले भने, ‘यसका लागि सरकारले नीति नियमनमा सुधार गर्नुका साथै अनुदान दिनुपर्छ । त्यसैले सरकारलाई पर्खिरहेका छौं ।’ उनले हालको सरकारी नीति उत्पादन लागत बढाउने खालको रहेको बताए ।


तीन तहको सरकारलाई कर, महँगो विद्युत् महसुल, महँगो श्रमशक्तिलगायतका कारण सिमेन्टको मूल्य घट्न नसकेको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाको भनाइ छ । ‘उद्योगमा मैले १० मेगावाटको बत्ती पाएको छैन,’ उनले भने, ‘अहिले पनि जेनेरटरबाट उद्योग चलाउनुपरेको छ । सिमेन्ट उद्योग जेनेरेटरले चलाउनु धेरै गाह्रो कुरा हो ।’ नेपालको विद्युत्को गुणस्तरमा पनि समस्या रहेको उनले आरोप लगाए । ‘दिनमा ८/९ चोसट ट्रिपिङ (बत्ती आउने–जाने) हुन्छ । १० मिनेट ट्रिपिङ भयो भने ४५ मिनेटको पैसा दिनुपर्छ,’ उनले थपे ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?