१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पर्यटकलाई छोएन तीजले

प्रतीक्षा काफ्ले

दसैं, तिहार, असार १५ लगायत चाडपर्वमा विदेशी पर्यटक निकै उत्साही देखिन्छन्  । बाह्य पर्यटक राता टीका लगाएर, नेपाली पोसाकमै सजिन रुचाउँछन्  ।

पर्यटकलाई छोएन तीजले

घुम्न आएका पर्यटक हुन् वा स्वयंसेवाका लागि आएका नै किन नहुन्, गाउँ–गाउँ जाने, होमस्टे बास बस्ने र नेपाली पर्व उल्लासपूर्वक मनाउने गर्छन् । कतिपय चाडकै अवसर पारेर नेपाल घुम्न आउने पर्यटक पनि उत्तिकै छन् ।


तर, केही पर्यटक तीजबारे अनभिज्ञ छन् । अन्य पर्वजस्तै तीजको प्रचार नभएकाले यसबारे जानकारी नभएको हुन सक्ने हल्यान्डबाट ५ महिनाअघि ट्रेकिङका लागि आएकी गाभी गास्ट्रा बताउँछिन् । ‘तीज महत्त्वपूर्ण रहेछ । रमाइलो पनि लाग्छ । तर, मलाई विस्तृत जानकारी भएन,’ उनले भनिन्, ‘५ महिना नेपाल बसें । अन्य पर्व पनि मनाएको देखेको त छैन तर, योभन्दा अघि दसैंका बेला नेपाल आएकाले बुझ्ने मौका पाएकी थिएँ । तीजबारे मलाई र मेरा साथीहरूलाई जानकारी छैन ।’ उनले नेपाली महिलाहरू एकै ठाउँमा भेला भएर गाउँदै–नाच्दै रमाएको निकै मनपरेको बताइन् । भन्छिन्, ‘रातो सारी लगाएर नाचेका महिला देख्दा खुसी लाग्छ । धेरै दिनसम्म मनाइने पर्व । निकै चाख लाग्दो छ । र, उत्तिकै महत्त्वपूर्ण पनि ।’


पर्यटन व्यवसायी लक्की कार्की पर्यटकलाई तीजको महत्त्व बुझाउन सरकार नै अग्रसर हुनुपर्ने सुझाउँछिन् । असार १५, दसैं, तिहारजस्तै पर्यटकलाई तीजतर्फ आकर्षण गर्ने योजना पनि ल्याउनुपर्ने उनी बताउँछिन् । उनले विगतमा भन्दा यो वर्ष तीजका कार्यक्रम कम हुँदै गएको बताइन् ।

प्रकाशित : भाद्र १५, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?