१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

'गुणस्तरमा प्रतिबद्ध छौं'

कान्तिपुर संवाददाता

उच्च शिक्षाको प्रवेद्वार नै विश्वविद्यालय शिक्षा हो । स्नातक तहको शिक्षा पढ्ने तरखरमा रहेका विद्यार्थीलाई विभिन्न कलेजले सेवा प्रदान गर्दै आइरहेका छन् । केही प्रतिनिधि कलेज सञ्चालकहरूले कान्तिपुरकर्मी लीला श्रेष्ठसाग व्यक्त गरेका धारणा :

'गुणस्तरमा प्रतिबद्ध छौं'

महेन्द्रराज कँडेल
अपरेसन डाइरेक्टर
द ब्रिटिस कलेज


बेलायतको विश्वविद्यालयको कार्यक्रम नेपालमा सुचारु राखेका छौं । गुणस्तरीय शिक्षा हाम्रो मूलमन्त्र हो । बेलायतमा जेजसरी सिकाइन्छ, त्यही सिकाउँछौं । विद्यार्थी विश्व बजारमा फिट हुनैपर्छ भन्ने हाम्रो मान्यता छ । योग्य र क्षमतावान् तुल्याउने कोसिस जारी रहन्छ । अनुभवी र व्यावहारिक शिक्षक हुनुहुन्छ । सुविधा सम्पन्न भौतिक पूर्वाधार छ । ए लेभलदेखि मास्टर्ससम्म सुचारु छ । बीबीए, बीएस्सी कम्प्युटिङ र मास्टर्समा एमबीए, एमएस्सी आईटी, एमआईबीएम, एमबीए एक्ज्युकेटिभ पढाउँछौं । प्रोफेस्नल पढाइअन्तर्गत एसीसीए उपलब्ध छ । विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत बेलायत, अस्ट्रेलिया, यूएसएलगायत मुलुक जान सक्छ । ग्लोबल इन्भाइरोमेन्ट दिन्छौं ।

सबिन्द्र महर्जन
सीईओ
आईआईएमएस कलेज

व्यवस्थापन तथा आईटीमा उत्कृष्ट कलेजको रूपमा आईआईएमएस कलेजलाई लिन सकिन्छ । शैक्षिक वातावरणमा मल्टिमिडियामार्फत् कक्षा सञ्चालन गर्दै आएका छौं । शिक्षण पद्धति व्यावहारिक, व्यावसायिक तथा सीपमूलक आधारित छ । नियमित अध्ययन, अध्यापन गराउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ । प्रोजेक्ट र प्याक्ट्रिकललाई प्राथमिकतामा राखिएको छ । बजारको मागअनुसारको शिक्षा प्रदान गर्दै आएको छ । स्तरीय ल्याब, पुस्तकालय वातावरणमैत्री कक्षाकोठा र स्मार्ट कक्षा सञ्चालन गरिन्छ । अन्तर्राष्ट्रियस्तरको अनुभव प्राप्त शिक्षकको व्यवस्था छ । त्यसैले व्यवस्थापन तथा आईटीमा उच्च शिक्षाका लागि विद्यार्थीले विदेश धाउनुपर्दैन ।

सम्झना बस्न्यात, प्रिन्सिपल,
इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी कलेज)

यो कलेज काठमाडौंको ज्ञानेश्वरमा छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको युरोपियन डिग्री दिने पहिलो कलेज पनि हो । पन्ध्र वर्षदेखि सुचारु छ । आतिथ्य क्षेत्र अन्तर्राष्ट्रियस्तरमै रोजगारी तथा आम्दानीका दृष्टिले सबैभन्दा फराकिलो छ । हामी कक्षा ११ देखि स्नातकसम्मको शिक्षा प्रदान गर्दै आएका छौं । नेपालको यूजीसीबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त छ । जसले गर्दा गुणस्तर स्तरोन्नतिमा थप योगदान दिएको छ । कुनै पनि विषयमा १२ कक्षा पास गरेपछि तीनवर्षे होटल मेनेजमेन्ट र टुरिजम मेनेजमेन्ट स्नातक पढ्न पाउँछ । सुरुका २ वर्ष कलेजमा अध्यापन गराइन्छ । बाँकी १ वर्ष स्वदेश तथा विदेशका विभिन्न हस्पिटालिटी आउटलेटमा इन्टर्नसिपमा खटाइन्छ । यो डिग्री हासिल गरिसकेपछि कुनै पनि मुलुकका हस्पिटालिटी उद्योगमा सेवा प्रवेश गर्न सकिन्छ ।

प्रवेक जोशी
कार्यक्रम निर्देशक
लिबर्टी कलेज

पोखरा विश्वविद्यालय सम्बन्धनमा लिबर्टी कलेज सुचारु छ । सन् २००९ स्थापनाकालदेखि बीबीए र बीएचएमका कार्यक्रम सञ्चालित छन् । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिन्छौं । प्रयोगात्मक विधिबाट सीपमूलक जनशक्ति उत्पादन गर्नु मुख्य लक्ष्य हो दक्ष र अनुभवी शिक्षक छौं । अत्याधुनिक शैक्षिक सामग्रीको प्रयोग, मुख्य शिक्षण क्रियाकलाप, अतिरिक्त क्रियाकलाप अपनाइन्छ । विगतमा अध्ययन पूरा गरेका विद्यार्थी स्वदेश तथा विदेशमा स्वरोजगार हुनु नै कलेज गुणात्मकताको पुष्टि हुन्छ ।

प्रजितकुमार तिमल्सिना
प्रिन्सिपल
इम्पेरियल बिजनेस कलेज (पुरानो नर्भिक बिजनेज कलेज)

हात्तीसारमा अवस्थित यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । बीबीए र बीएचसीएमजस्ता व्यवस्थापनका व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । बीबीएमा अधिक विद्यार्थीको रोजाइमा परेको छ भने बीएचसी एमले स्वास्थ्य क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई आकर्षित गरेको छ । यस कलेजले नियमित कोर्सबाहेक हरेक सेमेस्टरमा विविध भाषिक तथा व्यवहारमूलक तालिमहरू प्रदान गर्दै आएको छ । परिणाम स्वरूप यस कलेज आमविद्यार्थी तथा अभिभावकका माया पाउँदै आएको छ ।

भावना राणा
प्रिन्सिपल
इन्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज


कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं । परिवर्तित विश्व परिवेशअनुकूलको शिक्षा दिई समयानुकूल परिस्थितिसँग जुध्न सक्ने जनशक्ति उत्पादनमा कलेजले विशेष जोड दिने गरेको छ । स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले व्यावहारिक शिक्षालाई प्राथमिकता दिने गरेका छौं । दक्ष र अनुभवी शिक्षक/शिक्षिकाहरूले व्यक्तित्व विकास पहिल्याउन सक्ने सीपमूलक शिक्षा प्रदान गर्दै आउनुभएको छ ।

विष्णुहरि पाण्डे
सीईओ
एभरेस्ट कलेज


त्रिविबाट सन् १९९८ मा सम्बन्ध लिएर स्थापित यो कलेज थापाथलीमा रहेको छ । यो विशुद्ध व्यवस्थापन अध्यापन गर्ने कलेज हो । बीबीए, बीबीएम, बीसीए, बीबीएस पढाइन्छ । मास्टर्समा एमबीएस कार्यक्र रहेको छ । अत्याधुनिक शिक्षण विधा, पेडागोजी उपयोग गर्दछौं । उच्च प्रविधियुक्त कक्षा कोठा, अनलाइन लाइब्रेरी, एकेडेमिया र इन्डस्ट्रीबीचको समायोजन गरी विद्यार्थीलाई कामको लागि तयार गर्दछौं । यहाँ पढेका विद्यार्थीले शप्रतिशत नतिजामात्र नभई रोजगारसमेत बनेका छन् । टेक्नो म्यानेजमेन्ट एजुकेसन, इन्टरनेसनल एक्सपोजर, एप्पल सटिर्फिकेसन, बैंकिङ तालिम हाम्रा विशेषता हुन् ।

डा. डम्बरसिंह ऐर
प्रिन्सिपल
किस्ट कलेज


किस्ट कलेजले स्थापना २४ औं वर्षमा धेरै फड्को मारेको छ । परिवर्तित विश्व परिवेश र विद्यार्थीको आवश्यकता, भौतिक संरचनाको स्तरोन्नति र दक्ष शिक्षकबाट अध्यापनले प्रगतिको मापन उल्लेखनीय छ । सुन्दा उस्तै लागे पनि व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षण पद्धतिले शैक्षिक गुणस्तर खुड्किलो अब्बल छ । यहाँ स्नातक तहमा बीबीए, बीआईएम, बीआईटी, बीबीएस, बीएस्सी माइक्रोबायालोजी तथा स्नातकोत्तरतर्फ एमबीएस, एमएससी माइक्रोबायालोजी कोर्स सुचारु छन् । नियमित पठनपाठनबाहेक हरेक सेमेस्टरमा विभिन्न ननक्रेडिट कोर्सहरूसमेत व्यवस्था गरिएको छ । त्यसैले विद्यार्थीको निम्ति उपयुक्त गन्तव्य बनेको छ ।

प्रताप जोशी
कार्यकारी निर्देशक
कान्तिपुर इन्टरनेसनल कलेज


यो कलेज निजी कलेजमध्ये स्नातक तहमा होटल म्यानेजमेन्टको कार्यक्रम भित्र्याउने पहिलो कलेज हो । सन् २००० देखि अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । समयसापेक्ष विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज अग्रसर छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त शिक्षकको सहयोगमा विद्यार्थी केन्द्रित अध्यापन पद्धतिको प्रयोगद्वारा विद्यार्थीको रुचिअनुकूल सिकाइ वातावरण प्रदान गर्ने गरिएको छ । परिवर्तित विश्व परिवेशअनुकूलको शिक्षा दिई समयानुकूल परिस्थितिसँग जुध्न सक्ने जनशक्ति उत्पादनमा कलेजले विशेष जोड दिने गरेको छ ।

सिन्धु ढकाल
निर्देशक
के एन्ड के कलेज


त्रिविको सम्बन्धनमा सन् १९९८ मा स्थापित यो कलेज नयाँ बानेश्वरमा रहेको छ । उच्च शिक्षा अध्यापन गराउन आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट जनशक्ति उत्पादन गर्दै आएको छ । बीबीए, बीबीएस, बीएसडब्ल्यू, बीए, बीसीए, बीबीएस, एमए अध्यापन गराइन्छ । सिर्जनात्मक तथा नतिजामुखी व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएका छौं । अनुभवी तथा दक्ष शिक्षकशिक्षिकाबाट अध्यापन तथा स्थलगत अध्ययन अवलोकनअनुसन्धान गराउँदछौं । विशेष पद्धतिबाट शिक्षण गर्नु हाम्रा विशिष्ट पक्षहरू हुन् ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?