कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्वदेशमै हुनुपर्छ'

नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा हिसानले केही संस्थागत पहल गर्दै छ कि ? हिसान भन्नाले कक्षा ९–१२ देखि विश्वविद्यालय तहका शिक्षालयहरूको संगठन हो  ।

'अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्वदेशमै हुनुपर्छ'

जहाँ निजी स्कुल तथा शिक्षालय छन्, त्यहाँ हाम्रो उपस्थिति रहन्छ । हिसान राज्यलाई सघाउ पुर्‍याउन गठन गरिएको हो । एसईई नतिजा सार्वजनिक भएसँगै शैक्षिक संस्थाको खोजीमा रहेका विद्यार्थीहरूको भर्ना प्रक्रिया सहज तथा व्यवस्थित बनाउन हिसान सदस्यहरू जुट्दै छन् । आफ्नो शैक्षिक संस्थालाई उत्कृष्ट गन्तव्यका रूपमा परिचित गराउने ढंगले विद्यार्थीलाई काउन्सेलिङ गर्दै छौं । हिसानको कार्यक्रम भनेकै विद्यार्थी भर्नामा सहजीकरण हो ।


विद्यार्थी काउन्सेलिङ के के पक्षमा हुन्छ ?
निजी क्षेत्रका शैक्षिक संस्था सबै वर्गको हो । त्यसैले गर्दा सबैखाले विद्यार्थीको पहुँच पुग्नुपर्छ भन्नेमा छौं । आर्थिक रूपमा कमजोर तर जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिलाएर पढ्ने, पढाउने वातावरण निर्माणमा ध्यान दिन्छौं । सहज ढंगले पढ्ने वातावरण निर्माण गर्ने हिसानले समन्वय गरेको छ ।


छात्रवृत्ति कति प्रतिशतले पाउँछन् ?
नीतिगत रूपमा ५ प्रतिशत हो । विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय तहमा गएपछि आ–आफ्नो नीति बनेका छन् । स्पष्ट निर्देशिका छैन । तर हामी बढीभन्दा बढी विद्यार्थीलाई कसरी छात्रवृत्ति दिएर संस्था चलाउन सकिन्छ भन्नेमा केन्द्रित छौं । अघोषित रूपमा झन्डै २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिंदै आएका छौं । शुल्क मापदण्ड एकरूपता नरहे पनि शैक्षिक संस्थाले धेरै किसिमका छात्रवृत्ति प्रदान गर्दै आएका छन् । सरकारी विद्यालयबाट आएका विद्यार्थीलाई पनि छात्रवृत्ति दिएर पढाइरहेका छौं ।


एसईईको नतिजाअनुसार निजी क्षेत्रको हिस्सा २९ प्रतिशत देखिन्छ । यसले के संकेत गर्छ ?
एसईईमा २९ प्रतिशत देखिनु र त्यसमा अधिकांश उच्च ग्रेड प्राप्त छन् । सरकारीको तुलनामा निजी विद्यालयको नतिजाले प्रमाणित गरेको छ ।
कक्षा १२ को नतिजाचाहिं कस्तो छ ?
निजी शैक्षिक संस्थामा कक्षा १२ पढेका विद्यार्थीको नतिजा समग्रमा ७५ प्रतिशतभन्दा माथि छ । त्यसमा विज्ञानको सबैभन्दा धेरै छ ।


निजी क्षेत्रले व्यावहारिक शिक्षा दिंदैनन् भन्छन् ?
हामी निजी क्षेत्रले अब्बल नतिजा देखाउन बल गर्छौं र समाजमा काम पनि गर्छौं । प्रयोगात्मक शिक्षामा जोड दिन्छौं । हामीले उत्पादन गरेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर बनेका छन् । अर्कोतर्फ बिदेसिने विद्यार्थीलाई स्वदेशमै शिक्षा हासिल गर्ने अवसर दिएका छौं ।


निजी क्षेत्रले बिदेसिन मात्र सिकाउँछन्, भन्छन् नि ?
विद्यार्थी बिदेसिने त साँच्चैको ठूलो रोग भएको छ । कतिपय राम्रा विश्वविद्यालय पढ्न जान्छन् । तर अधिकांशचाहिं पढाइका साथै रोजगारीकै निम्ति गएका हुन् भन्ने लाग्छ । विश्वव्यापीकरणको प्रभाव पनि हो । अब विश्व बजारलाई सम्बोधन गर्ने शिक्षा स्वदेशमै हुनुपर्छ । श्रमिक मात्रै भएर बस्ने परम्परागत शिक्षा परिमार्जन हुनुपर्छ । समय सन्दभर्अनुसार प्रत्येक वर्ष पाठ्यक्रम परिमार्जन हुनुपर्छ ।
प्रस्तुति : गणेश राई

प्रकाशित : असार १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?