कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रकृति र वन्यजन्तुका पक्षमा

काठमाडौँ — कला र प्रकृति त्यसै पनि अन्तरसम्बन्धित हुन्छन् । गएको पुस तेस्रो साता केही युवा चित्रकार पर्साको राष्ट्रिय निकुञ्जभित्र थिए, प्राकृतिक सौन्दर्य खोज्दै ।

प्रकृति र वन्यजन्तुका पक्षमा

‘आर्ट फर नेचर’ थिमसहित १२ चित्रकारले आआफ्ना क्यानभास सजाए । तिनै चित्र यतिबेला राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हेर्न सकिन्छ ।


२५ कलाकृति सजिएको प्रदर्शनीको आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उद्घाटन गरे ।

कलाकारहरूले प्राय: दिनानुदिन हुँदै गइरहेको प्राकृतिक विनाश र त्यसले वन्यजन्तुमा पारेको प्रभावलाई विषय बनाएका छन् ।


कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि घनश्याम गुरुङ र रिलिफ फन्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गरे । कुलपति कर्माचार्यले चित्रकार सविता डंगोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरे ।


प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डंगोल, संगीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलक्यानेनका चित्रकला छन् । दि आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फन्ड फर वाइल्डलाइफ भिक्टिम’ले गरेको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

प्रकाशित : माघ २१, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?