कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आलु खोस्रिन दुम्सी आयो, भाग्यो

तुलाराम पाण्डे

कालिकोट — बजार झरेका बेला पुराना पत्रिका बटुल्छन् । घर लैजान्छन् । दुम्सीबाट आलु जोगाउन । नरहरिनाथ–८, लालुका किसान बिस्न विष्ट सदरमुकाम मान्म होस् वा अझ तल सुर्खेत गएको बेला कागज ल्याउँछन् ।

आलु खोस्रिन दुम्सी आयो, भाग्यो

आलुबारी वरिपरि बिछ्याएर ढुंगाले च्याप्छन् । ‘राति कागज टल्किने भएकाले दुम्सी नजिक पर्दैन,’ उनी भन्छन् । उनले कागजको बार बनाउन थालेको ७ वर्ष भएको छ । कागजको बार लालु र रुप्सासहित धेरैजसो गाउँका किसानले लगाउने गरेका छन् । लालु र ठाटीकोटमा मात्र १३ घरले कागज बारेका छन् ।

‘किसानले सजिलो उपाय आफैँ लगाए,’ गाउँपालिकाका कृषि शाखा प्रमुख वीरबहादुर विश्वकर्मा भन्छन्, ‘दुम्सीलाई हानि नपुर्‍याई

आलु बचाउने यो विधि अन्यत्रका लागि अनुकरणीय छ ।’ गाउँमा दर्जनभन्दा बढी किसानले आलुखेती गरेका छन् । प्रतिघरधुरी ५ देखि १५ क्विन्टलसम्म आलु उत्पादन हुने गरेको छ । यहाँको आलु ३५ रुपैयाँ प्रतिकिलो गाउँमै बिक्री हुन्छ ।

स्थानीय स्रोतव्यक्ति कपुरे विष्टका अनुसार पहिले दुम्सी भगाउन राति बारीमै पाल हालीवरी आगो बालेर पहरा गर्नुपथ्र्याे । दुम्सीले आलु, मकै खाने हुँदा खाल्डो खनेर मार्ने, पासो हाल्ने, मान्छेको बुख्याचा बनाउने काम अब पुरानो भयो । लेकतिर वर्षे र बेसीतिर हिउँदे याममा आलु लगाउने चलन छ । गहुँको तुलनामा आलु उत्पादन धेरै हुने भएकाले किसानको आकर्षण बढ्दो छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?