चार दशकदेखि माटोसँग खेल्दै

मनोज पौडेल

कपिलवस्तु — माटोसँग खेल्दै ४ दशक पुग्यो कपिलवस्तु नगरपालिका ३ रमतलहाका भोला कोहारलाई । उनी चार्डपर्व आउँनासाथ महिना डेढ महिना माटोको कला सृजनामै व्यस्त हुन्छन् । राम्रो भाडाकुडा बनाउँछन् ।

चार दशकदेखि माटोसँग खेल्दै

५६ वर्षे उनी १५ वर्षको उमेरबाटै माटोकै भाँडाकुँडा बनाउन लागेका हुन् । ‘अरु बेला खासै बिक्री नभए पनि चाडबाडले भ्याईनभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आजभोलि खासै व्यापार छैन ।’ माटोको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको उनले दुखेसो गरे ।’


माटोको भाँडाकुँडा बिक्री हुन छोडेपछि कोहार समुदायलाई पुर्ख्यौली पेसा जोगाइराख्न धौ धौ भए पछि उनी चिन्तित छन् । '७ जनाको परिवार जेनतेन पालेको छु' उनले भने । तर, अब जवानी बिताएको पेसामा टिकिराख्न गाह्रै भएको उनले बताए । २ वर्षअघिसम्म दसैं-तिहारको बेला माटोका भाँडाकुँडा बेचेर ३५ देखि ४० हजार कमाउने गरेको उनले बताए । तर, यो वर्ष मुस्किलले ९ हजारको पनि व्यापार नभएको उनले बताए । उनी माटोको बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हे, गमला, हाडी, गिलास र गाग्री बनाउँछन् ।


‘प्रदूषण नहुँदा स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुँडा राम्रो हो’ उनले भने, ‘तर जान्दाजान्दै पनि उपभोक्ता प्लास्टिकका सामानतर्फ नै आकर्षित हुन्छन् ।’


प्रकाशित : कार्तिक १५, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?