कहाँ होलान् मकवानपुरका साढे तीन सय महिला र बालबालिका

प्रताव विष्ट

हेटौडा — मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् ।

ZenTravel


असार १ गते उनीहरु घरवाट निस्केका थिए। दुवैको चार वर्ष पुग्दै गरेको एउटा/एउटा छोरी छन्। राई र थिङ घरमा बच्चा छाडेर वेपत्ता भए। राईको पति नेपाल प्रहरीमा जागिरे छन् भने थिङको पति रोजगारीका लागि साढे १ वर्ष अघि कतार गएका छन्। वुहारीहरु घर फर्केनन्, भनेर दुवैको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडाको महिला सेलमा गत असार १३ गते निवेदन दिएका छन्। खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएका हुन्।

Meroghar


राई गाउँको मात्र होइन मकवानपुर गढी गाउपालिका–८ वुढीचौर २४ का विवाहित जानुका विक पनि वेपत्ता भएको दुई महिना भइसक्यो। उनको पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन्। प्रहरीलाई खोजविन गरिदिन पनि निवेदन दिएका छन्। पति श्याम विक विदेशवाट फर्केको दिनदेखि पत्नीको खोजविनमा जुटिरहेका छन्। मलेसियावाट पति काठमाडौं ओर्लेकै दिनदेखि जानुका घरवाट वेपत्ता भएकी हुन्। घरका सासु ससुरालाई काठमाडौंमा पति लिन जानको लागेको भनेर उनी घरवाट निस्केकी थिइन्। उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किनन्। २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी वेपत्ता भइन्। पतिले विदेशवाट पठाएको सवै पैसा लिएर बेपत्त भएको बताइएको छ।

मकवानपुरको कैलाश गाउँपालिका—३ कालिकाटारकी १९ वर्षीया सुनिता मोक्तान विदेश जान्छु भनेर हिडेको ५ महिना भइसकेको अहिलेसम्म अत्तोपत्तो छैन। विदेशमा गएर हराएको हो की, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन बावु दुर्गावहादुर मोक्तानले भने। छोरीको खोजविन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौडामा निवेदन दिएका छन्। वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुरगढी सुकौराका अर्जुन भ्लोनको पनि पत्नी चार महिनादेखि घरबाट वेपत्ता भएकी छिन्। उनको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडामा खोजविन गरिदिन निवेदन दिएका छन्।

आव ०७४/०७५ को असार महिनामात्र विवाहित २२ सहित ३१ जना महिला वेपत्ता भएका छन्। यसैगरी मनहरी गाउँपालिका ७ रमनटारका २ वालिका र एक वालक असारको ८ गतेदेखि हराएका छन्। घरवाट मनहरी बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन्। वालिकाको आमा सुन्तली विकले १३ वर्षीया छोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएकी छिन्।

असार महिनामा मात्र मकवानपुरका १० वालिकासहित १२ जना बालबालिका हराएको महिला सेलले जानकारी दिएको छ। गत आवमा मकवानपुरका १ सय ५१ जना विवाहितसहित २ सय ४२ जना महिला हराएका छन् भने ६८ जना वालिकासहित १ सय ११ जना बालबालिका वेपत्ता भएका छन्। हराएकामध्ये २ सय ७ जना महिला र १ सय ५ जना बालबालिका फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले वताए।

मकवानपुर जिल्लामा आव ०७४/०७५ मा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए। ती मध्ये ४१ जनाको हालसम्म अत्तोपत्तो छैन। आव ०७३/०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए। ती मध्ये ४९ जना महिला र १८ जना बालबालिकामात्र फेला परेका थिए। १ सय ८४ जना वेपत्ता भएका थिए। गत आवमा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए। ती मध्ये ३ सय १२ जना फेला परेका छन्।

आव ०७२/०७३ मा महिला र बालबालिका गरेर १ सय ६३ जनामात्र वेपत्ता भएका थिए। महिला र बालबालिका वेपत्ता हुने क्रम वढ्दो छ। ती मध्ये ७८ जना मात्र फेला परेका थिए। ८५ जना वेपत्ता भएका थिए। ‘महिला र बालबालिका वेपत्ता हुने क्रम बढ्दो छ’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर वेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ।’

आव ०७०/०७१ मा ४५ जना महिलासहित ८० जनामात्र वेपत्ता भएका थिए। तीमध्ये ४३ जना फेला परेका थिए। ३७ जना वेपत्ता भएका छन्। वेपत्ताको संख्या वर्षेनी बढ्दै छ। प्रहरी कार्यालय हेटौडाको सुचिमा वेपत्ता भनिएकाहरु पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सुचि धेरै देखिएको प्रहरी नायब उपरीक्षक सिंहले भन्छन्।

मकवानपुरबाट वेपत्ता भएका अधिकांश महिला र बालबालिकाहरु भारतको वेश्यालय, दिल्ली हुँदै अवैध ढंगले रोजगारीका लागि विदेश र सर्कसमा बेचिने गरेका छन् भने केही पतिलाई छाडेर दोस्रो विवाह गरेर सम्पर्कविहिन हुने गरेका छन्। ‘छोरी, वुहारी, नातिनातिनाहरु हराउँदा उनीहरुको आफन्तहरु रुदै निवेदन दिन आउने गर्छन् तर पछि फ्लअप पनि गर्दैनन् र घर फर्केको पनि जानकारी नै दिदैनन्’ जिल्ला प्रहरी कार्यालय हेटौडाकी महिला सेलकी दिपा कार्कीले भनिन्, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने रोगले गर्दा वेपत्ता महिला र बालबालिकाको संख्या धेरै देखिएको हो।’

गत आवको असार महिनामा महिला र बालबालिका ४२ जना हराएका छन्। ‘मकवानपुरबाट महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर अवैधानिक ढंगले विदेशमा लगेर विक्री गर्ने गरेका छन’ बालवालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाईनका प्रमुख झविन्द्र ज्ञवालीले भने, ‘पैसाको लोभमा परेर महिला र बालबालिकाहरु दलालहरुको हातमा पर्ने गरेका छन।’

आव ०७०/०७१ देखि आव ०७४/०७५ सम्म अर्थात चार वर्षका वीचमा ३ सय ४७ जना महिला र बालबालिका वेपत्ता भएका छन्। उनीहरु कहाँ छन्, के गर्दैछन अहिलेसम्म अत्तोपत्तो छैन। प्रहरी विगतदेखि नै अहिलेसम्म खोजीमै छ। वेपत्ता हुनेका परिवारहरु पनि खोजी गरिरहेका छन्। तर फेला पार्न सकेका छैनन्।

प्रकाशित : श्रावण ९, २०७५ १५:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यी हुन् गण्डकी प्रदेशस्तरीय पर्यटन फोटो प्रतियोगिताको विजेता फोटोहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको गण्डकी प्रदेशस्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताको विजेता घोषणा गरिएको छ ।

पर्यटकीय गतिविधि विधामा मेरिट मर्हजनको पहिलो हुन सफल फोटो

पर्यटकीय गतिविधि विधामा दोस्रो हुन सफल देव डंगोलको फोटो ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा विजेता घोषणा गरिएको हो । पर्यटकीय गतिविधि र गन्तव्य गरी दुई बिधामा प्रतियोगिता गराइएको थियो ।

पर्यटकीय गतिविधि विधामामा तेस्रो हुन सफल आदित्य चन्दको फोटो ।

पर्यटकीय गतिविधि विधामा मेरिट मर्हजनको फोटो प्रथम, देव डंगोल द्वितीय, आदित्य चन्द तृतीय र सान्तवनामा देव डंगोलको फोटो भएको छ । त्यस्तै पर्यटकीय गन्तव्य विधामा प्रकाश बुढाको फोटो प्रथम, उमिद शाक्यको दोस्रो, गेहेन्द्र गुरुङको तेस्रो र शिरीष बिसीको फोटोले सान्तवना पाएको छ ।

पर्यटकीय गतिविधि विधामा सान्त्वना जित्न सफल देव डंगोलको फोटो ।

पर्यटकीय गन्तव्य विधामा पहिलो हुन सफल प्रकाश बुढाको फोटो ।

पर्यटकीय गन्तव्य विधामा दोस्रो हुन सफल उमिद शाक्यको फोटो ।

पर्यटकीय गन्तव्य विधामा तेस्रो हुन सफल गेहेन्द्र गुरुङको फोटो ।

पर्यटकीय गन्तव्य विधामा सान्त्वना जित्न सफल शिरीष बिसीको फोटो ।


प्रकाशित : श्रावण ९, २०७५ १५:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×