कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हजारले बनायो लखपति

उदिपुर (लमजुङ) — काकाहरूको काम हेरेर च्याउ खेती थालेका २४ वर्षीय यमबहादुर गुरुङले लाख रुपैयाँ हातमा पर्छ भनेर सपनामा पनि सोचेका थिएनन् ।

हजारले बनायो लखपति

जब उनले ५० हजार रुपैयाँ ऋण काढेर टनेल बनाएर च्याउ खेती थाले, २ वर्षको अवधिमा उनको हातमा १० लाख रुपैयाँ परिसक्यो । ९ वर्षअघि मावली बाजे सानो काभ्रेका पूर्णबहादुर गुरुङको जग्गा रुँघ्न परिवारसहित उदिपुरको रतनपुर आएका उनले १२ कक्षा पढादेखि च्याउ फलाउने मुढा राख्न भ्याएका हुन् । उदिपुरको जनकल्याण मावि कक्षा ८ मा भर्ना भएर त्यहींबाट एसएलसी दिएपछि उनले काकाहरूले गरेको च्याउखेतीबाट केही विधि सिके । पछि काकाहरूबीच व्यवसायमा फाटो आएपछि सोही ठाउँलाई उनले उपयोग गरे ।

च्याउ लगाउनुअघि त्यहाँ सुन्तला बारी थियो । सुन्तलाका बोट सबै सुक्न थालेपछि बाजे पूर्णबहादुरको अनुमतिमा काटेर च्याउका लागि ठाउँ बनाइएको उनले बताए । अहिले ४ टनेलमा उनले च्याउ खेती गरेका छन् । परालको बलमा कन्ने च्याउ फलाएका हुन् । एउटा टनेल बनाउन ५० हजार रुपैयाँ लाग्ने भए पनि उनले कतैबाट सहयोग लिएका छैनन् । एउटा बलमा २ किलो च्याउ फल्ने उनले बताए । जाडो समयमा ४ र गर्मी समयमा ३ पटकसम्म एउटै बलमा च्याउ फल्छ । वर्षमा ३ देखि ४ पटकसम्म लगाउन सकिन्छ । ‘टनेलमा बल राखेपछि एक महिनामा च्याउ उम्रन्छ । २ महिनासम्म लगातार च्याउ फलिरहन्छ र ३ देखि ४ पटकसम्म टिप्न मिल्छ,’ उनले भने । एउटै बलमा ३/४ पटक गरी कम्तीमा २ किलो फल्छ ।’

एउटा टनेलमा २ सय ५० बढी बल राखिएको छ । प्रतिकिलो २ सय रुपैयाँमा थोकमै च्याउ बिक्री हुन्छ । ‘एउटा टनेलबाट ३/४ महिनामा कम्तीमा १ लाख रुपैयाँबराबरको च्याउ फल्छ । वर्षमा ३ लाख रुपैयाँ बढी आम्दानी हुन्छ,’ उनले भने, ‘४ टनेलबाट कम्तीमा १२ लाख रुपैयाँबराबरको च्याउ फल्छ । खर्च कटाएर १० लाख चोखो नाफा निस्कन्छ ।’

‘बजारको कुनै समस्या छैन । यहीं खोसाखोस हुन्छ,’ उनले भने, ‘तनहुँको डुम्रेदेखि जिल्लाभित्रका सुन्दरबजार, खत्रीठाँटी, भोटेओडार, उदिपुर बजार, भकुन्डे, बेंसीसहर पुगेको छ ।’

प्रकाशित : माघ १६, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?