रक्षारामको लक्ष्य- फिचर - कान्तिपुर समाचार

रक्षारामको लक्ष्य

खिम घले

काठमाडौं — त्यसबेला उनी १३ र १४ वर्षका अल्लारे स्कुले विद्यार्थी थिए । एक दिन गाउँकै एकजना ब्राह्मणको घरमा गएका बेला अनायासै उनी खाटमा बस्न पुगेछन् । भुइँमा बसिरहेका बाबुले उनलाई झपारिहाले, ‘ठूला जातका मानिसको घरमा गएर खाटमा बस्ने रु’ उनी जुरुक्क उठे, घर आए । घरमा पनि बाबुले सम्झाउन छाडेनन् ।

त्यसबेला उनी १३र१४ वर्षका अल्लारे स्कुले विद्यार्थी थिए । एक दिन गाउँकै एकजना ब्राह्मणको घरमा गएका बेला अनायासै उनी खाटमा बस्न पुगेछन् । भुइँमा बसिरहेका बाबुले उनलाई झपारिहाले, ‘ठूला जातका मानिसको घरमा गएर खाटमा बस्ने रु’ उनी जुरुक्क उठे, घर आए । घरमा पनि बाबुले सम्झाउन छाडेनन् ।

रक्षाराम चमारलाई आफू सानो जातिको भएको कुरा पहिलोपटक गहिरो गरी ‘फिल’ भयो । ‘त्यस अघि पनि हामी सानो जातिको भन्ने थाहा त थियो । तर यसरी गहिरो गरी ‘फिल’ भएको थिएन’, उनी भन्छन् । हुन पनि हो, एउटै गाउँ नाङ्गै जन्मेका हरेक बालबालिकालाई जाति प्रथाको बोध परिवार र समाजले नै गराउने हो, रक्षारामको सवालमा यो अछुतो हुने कुरै भएन ।

एउटै गाउँमा सँगै खेलेका कथित माथिल्लो जातिमा केटाकेटी होस् या ठूला मान्छे उनीहरू सरासर चमारहरूका घरमा प्रवेश गर्थे । खाटमा बसिरहेका चमार अभिभावक भुइँमा ओर्लन्थे । आएकाहरू खाटमा बस्थे । तर रक्षारामले आफ्ना अभिभावक ठूला जातको घरमा खाटमा बसेको कहिल्यै देखेनन् । आफूले पनि एकपटक ठूला जातिको खाटमा बस्दा खप्की खानुपर्‍यो ।

यसरी सुरु भएको विभेदको अनुभूति उनको उमेरसँगै बढ्दै गयो । पाइला-पाइलामा उनले विभेद देखे र भोगे । विस्तारै उनमा विभेदविरुद्ध चेत बढ्न थाल्यो । सुरुमा गाउँकै र विस्तारै जिल्ला स्तरका जातीय विभेद विरुद्धका अभियानमा संलग्न हुनथाले । आफ्नो तहबाट जातीय विभेद अन्त्यका लागि सक्नेजति प्रयास थाले । अन्ततस् तीन वर्षअघि उनलाई बोध भयो, ‘न्यायपूर्ण समाज निर्माणका लागि राम्रा कानुन चाहिन्छ ।’ उनी काठमाडौं आए, कानुनका विद्यार्थी बने र कानुनी लडाइँका लागि आफ्नो बाटो बनाए । उनको संघर्षपूर्ण जीवन र सामाजिक न्यायप्रतिको समर्पणलाई सम्मान गर्दै साउन ३१ गते सरिता परियार फाउन्डेसन र जागरण मिडिया सेन्टरले संयुक्त रूपमा युवा अभियन्ता स्व। सुभाष दर्नालको नाममा स्थापना गरेको सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड प्रदान गरियो ।
...
रक्षाराम कपिलवस्तुको सानो कर्ममा २८ वर्षअघि जन्मेका हुन् । उनी त्यहीं हुर्के । सानो कर्म करिब ३५र४० घर भएको दलितहरूको बाहुल्य रहेको सानो गाउँ हो । त्यो गाउँका दलितहरू सबै भूमिहीन छन् । उनीहरूको गाउँमा जति जग्गाजमिन छ, त्यो सबै पकडीका कुर्मीहरूको हो । बालबालिका पढ्नका लागि एक किलोमिटर टाढा अर्कै गाउँको स्कुलमा जानुपथ्र्यो । १ कक्षा भर्ना हुँदा उनकै दौंतरी १५र२० जना थिए । तर अरूले बीचमै छाड्दै गए । एसएलसी दिने बेला दुईजना बाँकी रहे गाउँका, रक्षाराम र उनकै अंकल । अंकलले एसएलसी पास गर्न सकेनन्, उनी मुम्बईतिर लागे । रक्षाराम विद्यालय शिक्षा पुरा गर्ने गाउँकै पहिलो बने ।

२०६० सालमा विद्यालय शिक्षा पुरा गरेका उनी आइएड पढ्न चाहन्थे । त्यसका लागि पाँच सय रुपैयाँ तिर्नुपर्ने भयो । उनको परिवारले त्यो जुटाउन सकेन । उनी भारत हान्निए, आइए पढ्न । किन त रु उनी भन्छन्, ‘इन्डियामा धेरै सस्तो हुन्थ्यो ।’ पछि फर्केर उनले कपिलवस्तु क्याम्पसबाट बीए पास गरे । एमएको थेसिस बाँकी छ । अहिले उनको ध्याउन्न कानुनमा छ । उनी एलएलबी पढ्दैछन् ।
...
पहिलो सफलता
२०६४ सालमा गाउँमा महालक्ष्मी प्रावि स्थापना भयो । उनी संस्थापक प्रधानाध्यापक बने, तर स्वयंसेवी । स्कुलमा स्वयंसेवी भएकाले खर्च चलाउन अरू नै काम खोज्नुपर्ने भयो । त्यही बेला रिफ्लेक्ट नेपाल नामक संस्थाले उनलाई सहजकर्ताका रूपमा नियुक्ति दियो । दिउँसो स्कुल पढाउने र बिहान-बेलुका गाउँलेलाई जम्मा गरेर स्थानीय समस्याबारे छलफल गर्ने र तिनका समाधानका लागि सहजीकरण गर्ने उनको काम थियो । गाउँलेको भेलामा एकदिन ज्यालाको कुरा उठ्यो । पुरै गाउँका मानिस अरूको जग्गामा मजदुरी गर्थे । ज्याला थियो, दिनको ८० रुपैयाँ । त्यही छलफलका क्रममा उनले जिल्ला विकास समितिले १ सय ५० रुपैयाँ ज्याला तोकेको थाहा पाए ।

गाउँले भेलाले जिविसको दर बुझ्न जाने निधो गर्‍यो । उनीहरू जिल्ला गए । नभन्दै जिविसले १ सय ५० रुपैयाँ ज्याला तोकेको रहेछ । उनीहरूले जमिनदारहरूसँग छलफल गरेर १ सय ५० रुपैयाँ नै ज्याला लिने निधो गरे । छलफलका लागि सबैलाई बोलाइयो । तर जमिनदारहरू आएनन् । फेरि प्रयास गरे । दोस्रो पटक जमिनदारहरू पनि सहभागी भए, छलफलमा । ‘त्यस बेलासम्म गाउँलेहरू जमिनदारसँग बोल्नसमेत डराउँथे’, रक्षाराम भन्छन्, ‘तैपनि ज्यालाको कुरा भयो, जमिनदारहरूले तोकेको ज्याला नदिने अडान लिए । पछि गाउँलेका तर्फबाट १ सय २० भन्दा कममा काम नगर्ने भन्यौं ।’

एक सातासम्म खेतमा काम रोकियो । जमिनदारहरू एक सातापछि १ सय २० रुपैयाँ ज्याला दिन सहमत भए । ‘मेरो जीवनमा सामुहिक रूपमा गरिएको अभियानबाट सफलता प्राप्त भएको यो पहिलो थियो’, उनी सम्झिन्छन् । तर त्यो समय कम्ती तनावपूर्ण थिएन, उनका लागि । जमिनदारहरूका तर्फबाट मनग्ये धम्की आए । गाउँलेलाई उक्साएको आरोप उनलाई लगाएर हातखुट्टा भाँच्नेदेखि ज्यान लिनेसम्मका धम्की थिए । तनाव बीचमा पनि उनले जुन सफलता प्राप्त गरे, त्यसले थप अघि बढ्न हौसला त मिल्यो नै, गाउँलेमा पनि आत्मबल बढायो ।

उनकै नेतृत्वमा स्कुल भवन बन्यो, राहत शिक्षक कोटा आयो, अनि दलित सहकारीसमेत खुल्यो । तर उनले ०६८ सालतिर स्कुल छाडे । यसमा पनि खाटकै किस्सा छ । उनी स्कुल सञ्चालक समितिका अध्यक्षको घरमा गएका थिए, स्कुलकै बारेमा कुरा गर्न । तर कुरा मिलेन । अध्यक्षले कुरा मिल्नेगरी कुरै गरेनन् । अध्यक्ष बस्दा पनि बसेनन्, कुरा गरुन्जेल घुमेको घुम्यै गरे । ‘पछि बल्ल रियलाइज गरें, म खाटमा बसेको रहेछु, म बसेको खाटमा उहाँलाई बस्न अप्ठ्यारो भएछ, अनि म दलित भएर पनि ठाउँमा नबसेको भनेर कुरा नमिलेको रहेछ’, रक्षाराम भन्छन्, ‘त्यस घटनापछि मैले स्कुल छाड्ने र पूर्णकालीन सामाजिक न्यायको अभियानमा लाग्ने निर्णय गरेंँ ।’ अनि उनी मधेस मानवअधिकार गृह ९माहुरी होम० मा आबद्ध भए । मधेसको मानवअधिकारको क्षेत्र अन्तर्गत विशेष गरेर अल्पसंख्यक र सीमान्तकृतहरूको सवालमा काम गरे ।

...
२०७० साल पुसको कुरा हो । रक्षाराम मधेसका मानवअधिकार रक्षकका रूपमा एउटा कार्यक्रममा सहभागी हुन काठमाडौं आएका थिए । त्यही भेट भयो, अधिवक्ता तथा तराई मानवअधिकार रक्षक सञ्जालका दीपेन्द्र झा । ‘दीपेन्द्र सरको कुरा सुनेपछि मैले काठमाडौंमै बसेर कानुन पढ्ने विचार गरें’, उनी भन्छन् ।

खासमा दीपेन्द्रले सामाजिक न्याय र मानवअधिकार क्षेत्रमा रक्षारामले गरेको काम र उनको उत्साह देखेर भनेका रहेछन्, ‘यो क्षेत्रमा काम गर्ने हो भने कानुन जान्नुपर्छ ।’ उनलाई यही भनाइले छोयो, ‘राम्रो कानुन बन्यो भने त कार्यान्वयनको कुरा हुन्छ, जब कानुन नै ठिक छैन भने कसरी न्याय पाउने रु’ उनले राजधानी बस्ने, कानुन पढ्ने र कानुनकै क्षेत्रमा काम गर्ने निधो गरे ।

सञ्जालले उनलाई कानुनी सहायकका रूपमा काम गर्ने मौका पनि दियो । उनी एलएलबी पढ्दैछन् । सञ्जालसँग आबद्ध भएर उनले दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान निर्माण प्रक्रियामा मधेसी र दलितहरूका विषयमा सभासदहरूलाई सल्लाह-सुझाव दिने काम गर्न थाले । उनी विषयगत समिति र उपसमितिहरूका प्रतिवेदनदेखि संविधानका मस्यौदासम्म केलाउने सम्बन्धित ठाउँहरूमा लिखित सुझाव पेस गर्ने काममा प्रत्यक्ष संलग्न भए ।

तर त्यतिमा रक्षाराम रोकिएका छैनन् । संविधान निर्माणका क्रममा संघीयताको विषयमा विवाद भएपछि लामो समयसम्म संविधान निर्माण हुनसकेको थिएन । तर महाभूकम्पले सबै दललाई एक ठाउँमा ल्यायो । नेपाली कांग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच २०७२ जेठ २५ गते १६ बुँदे सहमति भयो । तर रक्षारामलाई संघीयताको खाका बिनाको संविधान जारी गर्ने सहमति जायज लागेन । उनले अधिकारकर्मीहरू विजयकान्त कर्ण र रीता साहसँग मिलेर सर्वोच्च अदालतमा उक्त सहमति असंवैधानिक भएको भन्दै रिट दिए । रिटमा न्यायाधीश गिरिशचन्द्र लालले दिएको अन्तरिम आदेशले संघीयतालाई सुनिश्चित गरेको मानिन्छ ।

रक्षारामको यो मुद्दा राष्ट्रिय रूपमा चर्चामा रहे पनि उनले यो बाहेक विभिन्न विषयमा एक दर्जन मुद्दा हालेका छन् । ती मुद्दाहरू प्रायस् मानवअधिकार र सामाजिक न्यायका विषयसँग सम्बन्धित छन् । संविधानले सरकारी जागिरमा आरक्षण व्यवस्था गरेको छ । तर लोकसेवा आयोगले एक पटकको विज्ञापनमा आरक्षित कोटा कुनै कारण पूर्ति हुन नसके अर्कोपटक खुलामा गाभिदिने गरेको थियो । त्यस विरुद्ध रक्षाराम सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगे । त्यस मुद्दामा भएको निर्देशनात्मक आदेशका कारण अहिले लोकसेवा आयोगले दुई पटकसम्म पनि कोटा पूर्ति भएन भनेमात्र खुलातर्फ
समायोजन गरिन्छ ।

उनी राजदूत छनोट समावेशी नभएकोदेखि नागरिकतामा विभेद भएको विषयसम्ममा अदालत पुगेका छन् । ‘हाम्रो यो कामले कानुन कार्यान्वयनमा सघाउ पुगेको मेरो अनुभव छ’, उनी भन्छन् ।
उनी दोहोर्‍याउँछन्, ‘हामीले ध्यान दिनुपर्ने कानुनमै हो, कानुन छ र त कार्यान्वयन गर्न भनेर अदालत जानसकेका छौं, कानुन नभएको भए कहाँ जाने रु’ उनी दलितमा पनि मधेसी दलित हुन् । शिक्षा र चेतनाको सन्दर्भमा पहाडी दलितभन्दा पनि मधेसी दलित पछाडि छन् । यी जोशिला युवा अझै उदाहरण बन्न चाहन्छन् र भन्छन्, ‘म कानुन जानेको र बुझेको मधेसी दलितहरूको समूह बनाउन चाहन्छु ।’

दर्नाल अवार्ड
सामाजिक न्यायका लागि दर्नाल अवार्ड स्व। सुभाष दर्नालको नाममा सरिता परियार ट्रष्ट र जागरण मिडिया सेन्टरले संयुक्त रूपमा स्थापना गरेका हुन् । यस पुरस्कारको राशि पाँच लाख रुपैयाँ छ । यो पुरस्कार सामाजिक न्याय र दलित सशक्तीकरणका लागि संघर्षरत व्यक्ति, संस्था वा आन्दोलन, अभियानलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ ।

युवा अधिकारकर्मी सुभाषको सन् २०११ मा अमेरिकामा दुर्घटना परी निधन भएको थियो । उनकै नेतृत्वमा सन् २००० मा मिडियासम्म दलितका सवालहरूलाई पुर्‍याउने उद्देश्यले जागरण मिडिया सेन्टर स्थापना गरिएको थियो । त्यसैगरी उनी दलितका विषयमा प्राज्ञिक कार्य गर्ने समता फाउन्डेसनका पनि संस्थापकमध्ये एक थिए । शान्तिका लागि साझा अभियान (कोक्याप) को नेतृत्वमा रहेर २०६२र६३ को जनआन्दोलनमा सरिक भएका थिए ।

उनले लोकतन्त्र र समावेशीकरणका सन्दर्भमा गरेको कामकै कारण लन्डन स्कुल इकोनोमिक्स, स्ट्यान्डफोर्ड युनिभर्सिटीमा ‘ड्रपर हिस्ल समर फेलोसिप’ र नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको ‘रेगन-फेसिल डेमोक्रेसी फेलोसिप’ प्राप्त गरेका थिए ।

प्रकाशित : भाद्र ४, २०७३ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

हक्की कवि

पर्वत पोर्तेल

काठमाडौं — दार्जिलिङ सुके पोखरीमा वीरेन्द्र सुब्बा जन्मिएको २० वर्षपछि मात्रै ब्रिटिस उपनिवेशबाट भारत मुक्त भयो ।

सन् १९४७ अर्थात भारत स्वाधीन लगत्तै कवि अच्छा राई रसिक र अगमसिंह गिरीजस्ता वामपन्थी विचार बोकेका स्रष्टासँग मिलेर वीरेन्द्रले ईश्वर बरालको अध्यक्षतामा ‘प्रगतिशील नेपाली साहित्य परिषद’ गठन गरे । उनी महासचिव थिए । वामथन्थी विचार बोकेका साहित्यकारहरू एकजुट हुँदै थिए, दार्जिलिङमा । जतिबेला नेपालतिर कम्युनिष्ट विचारको विज भर्खरै टुसाउँदै मात्र थियो । १ सय ४ वर्षे जहानियाँ राणाशासन लखेट्न नेपालमा पुष्पलालहरू जुर्मुराइरहँदा सीमापारि दार्जिलिङमा वामशक्ति नै खडा भइसकेको थियो, जसको नेतृत्व उनै वीरेन्द्रले गरेका थिए । पश्चिम बंगालको ‘टेरेटोरियल एडमिनिष्ट्रेसन’ दार्जिलिङको एउटा गल्लीभित्रको साँघुरो कोठामा बस्थे वीरेन्द्र । ९० वर्षको उमेरमा गत शनिबार उनले त्यही साँघुरो कोठाबाट अन्तिम श्वास लिए ।

सन् १९५३ मा आफ्नै अगुवाइमा ‘प्रगतिशील कलाकार संघ’ पनि बनाए । साहित्यमा सानैदेखिको रुचि थियो । सन् १९४० तिर ‘उन्नति भयो’ शीर्षकको कविता ‘गोर्खा’ पत्रिकामा छापियो । त्यसपछि साहित्यमा उनी निरन्तर बगिरहे । सन् ५० ताका डानियल खालिङ ९दान खालिङ० सँग मिलेर वीरेन्द्रले ‘एकान्त’ नामको संयुक्त कविता संग्रह निकाले । खालिङ नेपालतिर लागेपछि वीरेन्द्र एक्लिए । यद्यपि उनले साहित्यिक क्रियाकलाप घटाएनन्, बरु बढाएर लगे । सन् ५३ मा ‘सुस्केरा’ नामको पत्रिकाको सम्पादन गर्ने जिम्मेवारी पाए, जसले उनको साहित्य खारिँदै र माझिँदै गयो ।

खासमा वीरेन्द्र बहुआयामिक क्षमताका थिए । उनी साहित्यसँगै संगीत, चित्रकारिता र खेलकुदमा अब्बल थिए । दार्जिलिङमा लोकप्रिय बक्सर थिए, वीरेन्द्र । शास्त्रीय संगीतका ज्ञाता थिए । चित्र पनि बनाउँथे । सन् ५० को दशकमै उनले कोलकातामा चित्र प्रदर्शनी गरे । पश्चिम बंगालका तत्कालीन राज्यपाल कैलाशनाथ कटजुसमेत उनका चित्रबाट प्रभावित थिए । ‘वीरेन्द्रका चित्रहरू अब्बल दर्जाका थिए’, नर्थ बंगाल युनिभर्सिटीका प्राध्यापक डा। मोहन पी दाहालले भने । उनका अमूर्त चित्रहरू भारत लगायत विभिन्न मुलुकमा प्रसिद्ध छन् ।
 
वीरेन्द्रको चित्रकारिता थाहा पाएपछि राजा महेन्द्रले उनलाई डाके सन् १९५९ मा । राजकीय प्रज्ञा-प्रतिष्ठानको आयोजनामा उनका चित्रहरू प्रदर्शनी गरियो । पछि सन् ६८ मा तत्कालीन सरकारले वीरेन्द्रलाई पुनस् डाक्यो । भारतमा बसेर नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा योगदान गरेको भन्दै अभिनन्दन गर्‍यो । कालान्तरमा वीरेन्द्रले चित्रकारिता कम र साहित्य सिर्जनामा बढी समय खर्चिए । त्यसैले साहित्यमा उनले अलग्गै पहिचान बनाए । दार्जिलिङमा प्रगतिवादी र रोमान्टिक धाराको साहित्य लेखन वीरेन्द्रले नै भित्र्याए । सन् साठीको दशकमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर वल्लभले सुरु गरेको ‘तेस्रो आयाम’प्रति यिनको फरक मत थियो । ‘उनी तेस्रो आयामलाई भने सधैं खैरो खन्थे’, कवि मनप्रसाद सुबबाले भने, ‘उनलाई के कुराले चित्त बुझेन-बुझेन ।’ त्यही कारण इन्द्रबहादुर राईसँग उनको गम्भीर वैचारिक मतभेद थियो । एक समय त ‘पानी बाराबार’को स्थिति नै आयो । साहित्यिक सभा-समारोहहरूमा बोल्दा वीरेन्द्र इन्द्रबहादुर राई र तेस्रो आयामप्रति तिखो प्रहार गर्थे । इन्द्रबहादुर पनि प्रगतिवादी साहित्यलाई वामपन्थी राजनीतिसँग जोडेर टिप्पणी गर्थे ।

वीरेन्द्रको पहिलो कविता ‘उन्नति भयो’ शीर्षकमा ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएको थियो । दान खालिङसँग उनले संयुक्त लेखनमा पहिलो कविता संग्रह ‘एकान्त’ सन् ५० को दशकमै प्रकाशित गरेका थिए । उनका मेघमाला, ‘स्वर्णिमा र कुसुम छोरी ९कविता० मूल सडकतिर ९उपन्यास०, फिष्टा ९नाटक० चर्चित मानिन्छन् । कवि सुब्बाका अनुसार वीरेन्द्र ‘मेघमाला’ कृतिका कारणमात्रै वीरेन्द्र बनेका हुन् । साठीको दशकमा प्रकाशित मेघमाला उनका सबै कृतिमध्ये उत्कृष्ट थियो । ‘स्वर्णिमा, फिस्टाजस्ता कृति पनि निस्किए’, सुब्बाले भने, ‘तर मेघमाला उनको अद्वितीय कृति हो ।’

साढे ६ दशक बढी समयदेखि नेपाली भाषा र साहित्यको उत्थानमा अनवरत सक्रिय बने उनी । अभावै-अभावका बीच जीवन बित्यो, उनको । न घर थियो, न परिवार नै थिए । एक्लो र कष्टकर जीवन बाँचे । मर्ने बेलामा पानी दिने मान्छे पनि पाइएन । उनको घर थिएन । डेरा बस्थे । डेरा भाडा तिर्न नसक्दा निकालिए । पछि वाममोर्चाको पार्टी कार्यालयमै अड्डा जमाए । वीरेन्द्र दार्जिलिङमा प्रगति र रोमान्टिक धारा भित्र्याउने साहित्यकार हुन् । नेपालीसँगै अंग्रेजी र बंगला भाषामा उनी बराबर कलम चलाउँथे । ‘उनको स्वाभाव अलि हक्की थियो’, सिलिगुडीका कवि राजा पुनियानीले सुनाए, ‘कम बोल्थे । धन नभए पनि मनका धनी थिए ।’ निधन लगत्तै पुनियानीले वीरेन्द्रप्रति समर्पित गर्दै ‘वीरेन्द्र सुब्बाको झोंँक’ शीर्षकको कविता कोरे-रेकर्ड नभएको एउटा इतिहास थियो

उनको अनुहारको अप्ठेरो चाउरी खोलातिर
उनी त फिस्स बितिगए
वीरेन्द्र सुबबा गायक थिए, गायकभन्दा बढी बक्सर
वीरेन्द्र सुब्बा पेन्टर थिए, पेन्टरभन्दा बढी कवि
वीरेन्द्र सुब्बा जे-जे थिए
तर वीरेन्द्र सुब्बा वीरेन्द्र सुब्बा नै थिए
नबाँचिएको एउटा कथा थियो
घरदेखि डेरा र डेरादेखि पार्टी अफिसमा शरण लिएका
वीरेन्द्रको जीवन
आफैमा त्यो कथा थियो, जो अछूत थियो।।।।

सादा जीवन उच्च विचार थियो । असली कम्युनिष्ट थिए । तर राजनीतिक दलको झोले थिएनन् । साहित्यमार्फत राजनीतिक नेतृत्वलाई निरन्तर खबरदारी गरे । खासगरी गोर्खाल्यान्ड आन्दोलनबारे उनी बढी नै चिन्तित थिए । १ सय ७ वर्षभन्दा लामो समयदेखि गोर्खाल्यान्डको माग मुखरित भयो । उनी भन्ने गर्थे, ‘गोर्खाल्यान्ड प्राप्तिविना भारतेली नेपाली कहिल्यै सुरक्षित हुन सक्दैनन् ।’

प्रकाशित : भाद्र ४, २०७३ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×