३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घोडा वर्ग स्वागतको उमंग (फोटोफिचर)

काठमाडौ — तमु (गुरुङ) समुदायको महान् चाड ल्होछार शनिबार काठमाडौंको टुँडिखेल लगायत गुरुङ समुदायको बसोबास भएका विभिन्न स्थानमा ल्होछार मनाइँएको छ । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिंएको छ ।


नयाँ वर्षको स्वागत अर्थात् ल्होछारका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । लोकदोहोरी गीत र छेलो हान्ने खेल शनिबार सुरु भएको छ ।
ल्होछार मूल आयोजक समितिका महासचिव सूर्य गुरुङका अनुसार यस अवसरमा चर्चित गुरुङ कलाकारहरूको लोकदोहोरी प्रतियोगिता पनि हुनेछ ।  
यसैगरी ल्होछारको अवसरमा राष्ट्रपति रामवरण यादवले तमु ल्होछार पर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण तमु समुदायका  दिदीबहिनी तथा दाजुभाइहरूप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकाना व्यक्त गरेका छन् ।

देशका सबै क्षेत्रमा बसोबास गर्ने मानव समुदायकाबीच धार्मिक, सांस्कृतिक आस्थासागै देशका सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्बर्धन गर्न यस्ता पर्वले थप योगदान दिनेछ उनले सन्देशमा भनेका छन् । तमु ल्होसार पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा पनि राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।
उनले  नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावनालाई आत्मसात गर्दै नयाँ संविधान बनाउन सकोस् भन्ने शुभकामना  समेत व्यक्त गरेका छन् ।  
यसैगरी  ल्होसारको अवसरमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न पार्टीहरुले समेत शुभकमना व्यक्त गरेका छन् । पर्वको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ ।




















 

प्रकाशित : पुस १५, २०७० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?