कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भारतको सर्वोच्च अदालतमा 'लापता लेडिज' प्रदर्शन गरिने

श्रावण २४, २०८१
भारतको सर्वोच्च अदालतमा 'लापता लेडिज' प्रदर्शन गरिने

काठमाडौँ — भारतको सर्वोच्च अदालत स्थापनाको ७७ औं वर्षगाँठका अवसरमा शुक्रबार 'लापता लेडिज' चलचित्र प्रदर्शन गरिने भएको छ । निर्देशक किरण राव र निर्मातासमेत रहेका अभिनेता आमिर खान प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा उपस्थित रहने लाइभ ल अनलाइन पोर्टलले जनाएको छ । 

लैंगिक समानता, महिला शिक्षा र स्वतन्त्रताका विषयवस्तु उजागर गरेको उक्त फिल्म भारतको सर्वोच्च अदालतमा आयोजित लैंगिक संवदेशनशिलतासम्बन्धी प्रशिक्षणका रूपमा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका क्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडसँगै न्यायाधीशहरू आफ्ना परिवारसहित उपस्थित रहने 'लाइभ ल'ले उल्लेख गरेको छ ।

प्रदर्शनपश्चात् अन्तरक्रिया कार्यक्रमसमेत हुने भनिएको छ । प्रधानन्यायाधीश चन्द्रचुडले नै प्रदर्शनीका लागि पहलकदमी लिएको समाचारमा उल्लेख छ ।

मार्च १ मा रिलिज भएको उक्त फिल्म सेप्टेम्बरमा भएको टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि देखाइएको थियो । हाल नेटफ्लिक्समा पनि उपलब्ध छ ।

प्रकाशित : श्रावण २४, २०८१ २२:०७
x
×