केकीले के बुझिनन् ?

काठमाडौँ — वैशाख १४ देखि प्रदर्शनमा आउने फिल्म 'बोक्सीको घर'को नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपुतको शब्द तथा संगीतमा निर्माण टिमले 'बुझिन मैले'बोलको गीत सार्वजनिक गरेको हो । 

केकीले के बुझिनन् ?

गायिका समीक्षा अधिकारीको स्वरमा तयार यस गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी देखिएकी छिन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री अधिकारीसहित निर्देशक सुलक्षण भारती पनि देखिन्छन् । गीतको भिडियोमा अभिनेत्री अधिकारी महिलाका फरक फरक नाता/उपनामसँग दिक्क देखिन्छिन् । महिलाका यी फरक स्वरुप बन्धन हो वा स्वतन्त्रता बुझ्न नसकिएको भाव गीतले पस्कन्छ । निर्देशकसमेत रहेका भारती भने राँको बालेर कसैको खोजीमा देखिन्छन् ।

केकीकै निर्माणमा तयार भएको यो फिल्ममा 'बोक्सी' कुप्रथामाथि आधारित रहेर बनेको हो । सामाजिक थ्रिलर विधामा बनेको फिल्ममा बोक्सीको आरोप लगाइएकाहरु समाजको कस्तो शोषणबीच बाँचिरहेका छन् भन्ने देखाउँछ । फिल्ममा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

प्रकाशित : चैत्र २१, २०८० १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?