कंगनाले आलियालाई गलत ढंगले निशाना बनाइन् 

काठमाडौँ — अभिनेत्री कंगना रनावतले आलिया भट्टलाई गलत तरिकाले निशानामा पारेको अभिनेता रन्दीप हुडाको भनाई छ । सन् २०१९ मा कंगना रनावतले आलियालाई औसत अभिनेत्रीको दर्जा दिँदा हुडाले उनको पक्ष लिएका थिए ।

कंगनाले आलियालाई गलत ढंगले निशाना बनाइन् 

उनले लिएको अडानमाथि हालै एक अन्तर्वाताबीच प्रश्न उठ्यो । त्यतिबेला आलियालाई अनावश्यक रुपमा निशाना बनाइएकाले आफूले भट्टको पक्ष लिएको हुडाले हालै बताएका छन् ।

'हाइवेमा काम गर्दा आलियासँग एक किसिमको आत्मिय सम्बन्ध स्थापना भयो । अब आलियाका लागि त्यो आत्मिय थियो वा थिएन भन्न सक्दिन । तर, मेरोतर्फबाट मात्र म बोल्न सक्छु । मैले उसलाई सँधै नयाँ गर्न खोजिरहेको एक कलाकारका रुपमा हेरेको छु । म उसको पक्षमा यसकारण उभिएँ कि त्यतिबेला उनी अनावश्यक रुपमा निसानामा परेकी थिइन्,'हुडाले भने । हुडाले सन् २०१४ मा अभिनेत्री भट्टसँग 'हाइवे'मा अभिनय गरेका थिए ।

यसरी फिल्म क्षेत्रका समकालीनलाई निशानामा राख्नु अनउपयुक्त रहेको हुडाको तर्क छ । 'आफूले नपाएको कुराका लागि अरुलाई यसरी निशानामा तान्नु त अनुउपयुक्त नै हो नि । यो क्षेत्रबाट तपाईंले पनि केही न केही त पक्कै पाउनु भएको छ । त्यसैले मलाई लाग्यो मैले आलियाको पक्ष लिनुपर्छ । मैले यो पक्षमा धेरै गहिरिएर सोचिनँ । तर, मलाई लाग्छ आलियाले सँधै आफूलाई प्रमाणित गर्ने कोसिस गरेको छ,'हुडाले भने । नातावादमाथि खरो आलोचक बन्दै आएकी कंगनाले यस विषयमाथि सँधै आलियालाई जोड्दै आएकी छन् ।

प्रकाशित : चैत्र २१, २०८० १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?