११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दिल्ली जानुअघि क्लेशा: मञ्चन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत रंग महोत्सवमा सहभागिता जनाउने तयारीमा रहेको नाटक 'क्लेशा:'को विशेष मञ्चन हुँदैछ । महोत्सवमा जानुअघि बानेश्वरस्थित मण्डला थिएटरमा नाटक मञ्चन भएको हो । 

दिल्ली जानुअघि क्लेशा: मञ्चन

महोत्सवअघि माघ २९ र फागुन १ गरी दुई सो नेपाली दर्शकबीच 'क्लेशा:' मञ्चन गर्ने निर्माण टिमको तयारी छ । फागुन १ को मञ्चनलगतै टिम महोत्सवका लागि दिल्ली जानेछ । विजया कार्कीको निर्देशन रहेको यो नाटक यसअघि सन् २०१९ मा मञ्चन भएको थियो । सन् २०२२ मा भने महोत्सवका लागि आवेदनमा दिएको थियो । तर कोभिडका कारण दिल्ली जाने अवस्था भएन ।

प्रतीक्षा कट्टेलको लेखन रहेको यो नाटकमा रामायणको कथालाई फरक दृष्टिकोणबाट भनिएको छ । रामायणको घटना, पात्रमाथिको पुन:व्याख्यासहितको यो नाटकले मानव जीवनमा आइपर्ने पीडाका कारणबाट कोही मुक्त नरहेको देखाउँदै मानिसभित्रका क्लेश देखाउँछ ।

अभिनेत्री सुरक्षा पन्तको डेब्यू नाटक 'क्लेशा:'मा कलाकारहरु सरिता गिरी, रोश्नी कार्की, सबिना थापा, रुजा राउत, सुदीप खतिवडा, रिजोन परियार, उमेश तामाङ, अनुप न्यौपाने, केदार श्रेष्ठ, रुपक खरेल, कुशल पाण्डे, सन्दीप श्रेष्ठ, सुजन खतिवडा, विजय बराल, स्वप्निल घिमिरे, संयोग गुरागाईं, विकाश जोशी र मिलन कार्की छन् ।

प्रकाशित : फाल्गुन १, २०८० १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?