७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

'लालसिंह चड्डा' नचल्दा आमिरलाई गहिरो प्रभाव

काठमाडौँ — बलिउड निर्माता किरण राव हालै 'लालसिंह चड्ढा'को बक्स अफिस असफलताले अभिनेता आमिर खानलाई पारेको प्रभावबारे बोलेकी छन् । फिल्म नचल्दा बलिउड अभिनेता खानलाई गहिरो असर परेको उनकी पूर्व पत्नीसमेत रहेकी रावले हालै भारतीय संचार माध्यमलाई बताएकी हुन् । 

'लालसिंह चड्डा' नचल्दा आमिरलाई गहिरो प्रभाव

'तपाईंले कुनै कुरामा निकै मिहेनत गर्नुहुन्छ र त्यसको नतिजा राम्रो निस्केन भने पक्कै मन दुख्छ । लालसिंह चड्ढामा भएको त्यही थियो । हो, फिल्मले आमिरमा पनि गहिरो असर पार्‍यो । त्यसले हामी सबैलाई पनि असर पार्‍यो । यो फिल्म आमिरको सपना थियो । फिल्म बनाउनुअघि निकै अगाडिदेखि स्क्रिप्टलाई सहि बनाउन आमिर लागेको लाग्यै थियो,'लापत्ता लेडिजको प्रचारका क्रममा किरणले यसबारे बोलेकी हुन् ।

ओटीटी प्रदर्शनसँगै फिल्मले पाएको प्रतिक्रियामा आफ्नो खुसी पनि किरणले व्यक्त गरिन् । 'म वास्तवमा फिल्मले सामाजिक सञ्जालमा पाएको प्रतिक्रियाले खुसी छु । फिल्मले जति मौका पाउनुपर्ने हो त्यो नपाएको हो भन्ने मलाई लाग्छ,'उनी थप्छिन्,'तर फिल्मले राम्रो गर्न सकेन, दर्शकले फिल्म मनपराएनन् अथवा हेर्न चाहेनन् भन्ने सत्यलाई पनि मैले स्वीकारेको छु ।'

हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लालसिंह चड्ढा'ले प्रदर्शनताका बलिउडको बहिष्करण सामना गर्नु परेको थियो । फिल्ममा अभिनेता आमिरसँगै अभिनेत्री करिना कपुरको अभिनय छ ।

प्रकाशित : माघ २८, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?