६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

नाटक 'मासिन्या'को सो १० दिन थप

काठमाडौँ — लगातार बक्स अफिसमा हाउसफूल भएसँगै नाटक 'मासिन्या'को सो थपिएको छ । दर्शकको बढ्दो मागले नाटकलाई १० दिनका लागि थपिएको बाबुराम लोप्चनले बताए । 

नाटक 'मासिन्या'को सो १० दिन थप

माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन १२ सम्म मञ्चनमा आउने बताइएको छ । माघ ११ देखि सुरु नाटकलाई अहिलेसम्म ४ हजार भन्दा बढी दर्शकले हेरिएको मण्डला बक्स अफिसले जनाएको छ । नाटक हेर्न उपत्यकालगायत मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमकबाट दर्शक सहभागी रहेको निर्माण टिमले जनाएको हो ।

राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शक सहभागी भएसँगै स्रष्टामा हौसला थपिएको लेखक राजु स्याङ्तानले बताए । 'नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैर तामाङको पनि उल्लेख्य उपस्थिति रहेको छ,'उनले भने,'यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो ।'

नाटकलाई स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबतले मिलेर लेखेका हुन् । तामाङ समुदायको पीडा र व्यथा समेटिएको यो नाटकमा बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन छ । नाटकमा कलाकारहरु रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपालको अभिनय छ ।

प्रकाशित : माघ २८, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?