कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्माले ल्याउँदै 'हेर' 

काठमाडौँ — सांगीतिक ब्याण्ड 'कर्मा'ले एक दशकपछि 'हेर' शीर्षकमा नयाँ एल्बम बजारमा ल्याउने भएको छ । 'हुक्का मेरो डल्ले डल्ले', 'मौनतामा', 'कहाँ होला घरबार', 'यानीमाया'लगायतका चर्चित गीत गाएको ब्यान्डको यो छेठौं एल्बम हो । 

कर्माले ल्याउँदै 'हेर' 

अहिले एल्बममा सामावेश गीतमाथि भिडियो तयार भइरहेको ब्यान्डको व्यवस्थापन सम्हालिरहेका विजय अधिकारीले जनाए । एल्बममा ८ गीत समेटिएका छन् । गीतमा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत छ ।

सन् १९९९ मा पहिलो एल्बम 'सहर तिम्रो' सार्वजनिक गरेको ब्यान्ड २००० मा बजारमा आएको दोस्रो एल्बम 'हुक्का' कर्मालाई चर्चामा ल्याइदिएको थियो । सन् २०१३ मा 'नयाँ सपना' एल्बम ब्यान्डले सार्वजनिक गरेको थियो ।

केही वर्षदेखि अमेरिका केन्द्रित भई सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

'हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा स्रोताहरूले मनपराउने गर्नुभएको छ,’फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, 'अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । स्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक कर्मा ब्याण्डले नयाँ एल्बम सार्वजनिक गर्दैछ । यसपटक हामीलाई एएसक्यूले व्यवस्थापन गरिरहेको छ ।'

ब्याण्डले गत वर्ष 'कारबारी छाता' गीत सार्वजनिक गरेको थियो । कर्मा ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आवद्ध छन् ।

प्रकाशित : माघ २५, २०८० १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?