१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

'सार्वभौम वन'को प्रदर्शनी सुरू

काठमाडौँ — भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको आर्ट काउन्सिलमा कला प्रदर्शनी सुरू भएको छ । 'सार्वभौम वन'शीर्षकमा मंसिर २३ देखि सुरु भएको यो प्रदर्शनी चैत १८ सम्म चल्नेछ । 

'सार्वभौम वन'को प्रदर्शनी सुरू

फोटोसर्कलले प्रस्तुत गरेको यो प्रदर्शनीमा अमरले सुधीर पटनाइ/समुन्दृष्टि र शेरना दस्तुरसँग सहकार्य गरेर तयार पारिएका कला प्रस्तुत छन् । ओडिसाको सामाजिक राजनीतिक परिवेशमा आधारित 'सार्वभौम वन'मा स्थानीय समुदाय, सरकारी निकाय तथा व्यापारी संस्थाहरुबीच खेतीयोग्य जमिन, वन, नदीनाला तथा खनिज स्रोतसाधनमाथि नियन्त्रणबारे थुप्रै द्वन्द्व भोगेको क्षेत्रमा गरिएको अध्ययनका प्रकिया र प्रमाण पेस छन् ।

प्रदर्शनीमा भारतका निश्चित क्षेत्रमा गरिएको अपराध र त्यसविरुद्धका लडाईं समेटिएका छन् । फोटो, लघु फिल्म/डकुमेन्ट्री, लिखित सामाग्री, बीउ, चित्र लगायतका महत्त्वपूर्ण तत्त्वहरु मिसाउँदै ओडिसालगायतका निश्चित भूभागमा सत्ता र शक्तिको दुरुपयोग गर्दै कसरी कृषिजन्य जमिन र वनजंगल नास पारिए/पारिँदैछन् भन्ने विषयमाथि प्रश्न गरिएको छ ।

भारतीय कलाकारको यो प्रदर्शनीबाट नेपाललाई पनि चिहाउन सकिने फोटो सर्कलकी नयनतारा गुरुङ कक्षपति बताउँछिन् । 'अमरले केही जमिनलाई अपराध भएको स्थानका रुपका प्रस्तुत गरेका छन् । त्यो कसरी अपराध भयो त ? त्यसका प्रमाण हुन् उनका यी काम । यही काममार्फत् हामीलाई पनि हाम्रो कामबारे सोच्न लगाउँछ,' उनले भनिन् ।

प्रकाशित : मंसिर २५, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?