कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बेलायतको 'बाफ्टा अवार्ड' मा नेपाली फिल्म ‘गोर्खा वारियर’ को ‘इन्ट्री’

लन्डन — संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ ।निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा 'इन्ट्री' पाएको हो ।

बेलायतको 'बाफ्टा अवार्ड' मा नेपाली फिल्म ‘गोर्खा वारियर’ को ‘इन्ट्री’

अब यो फिल्म लङ लिस्टका लागि हलिउड फिल्महरुसँग भिड्दै छ । बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटेगोरीमा 'गोर्खा वारियर'को प्रतिस्पर्धा हुनेछ ।

यूरोपमा अस्करपछिको ठूलो मानिने बाफ्टा फिल्म अवार्डस् २०२४ समारोह आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा हुँदैछ भने नोमिनेसन रिजल्ट १८ जनवरीमा आउने छ ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली सिनेमाले प्रवेश पाएकामा आफू र आफ्नो टिममा खुसी भएको बताए । 'सजिलो पक्कै थिएन तर आज लङलिष्टका लागि 'गोर्खा वारियर' हलिउडका ठूल्ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ', निर्देशक चाम्सले भने, 'हार्नु जित्नु अलग कुरा हो तर 'गोर्खा वारियर'ले इतिहास राख्ने काम जारी छ ।'

उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउँदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्ने बताए ।

बाफ्टाको सूची

प्रकाशित : मंसिर २५, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?