कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पोखरामा गुञ्जँदै १९७४ एडी

काठमाडौँ — लोकप्रिय संगीत समूह १९७४ एडीले मंसीर २३ मा पोखरामा प्रस्तुति दिने भएको छ । दुबई र अबुधाबीमा प्रस्तुति दिएर स्वदेश फर्किएको संगीत समूहले पोखरास्थित पाराडिसियो बारमा प्रस्तुति दिने भएको हो । 

पोखरामा गुञ्जँदै १९७४ एडी

दुबई र अबुधावीमा वैदेशिक रोजगारीको क्रममा पुगेका नेपाली दर्शकबीच समूहले 'यो मन त मेरो नेपाली हो', 'परेलीमा', 'मुटु भरि भरि', 'गुँराशै फुल्यो'लगायतका चर्चित गीतमा प्रस्तुति दिएका हुन् ।

'कन्सर्टमा हामीलाई नजिकैबाट सुन्ने स्रोता आउनुभएको थियो । विदेशमा हुने नेपालीहरुबीच यसरी प्रस्तुत हुन पाउँदा जहिल्यै विशेष हुन्छ,' ब्याण्डका पर्कसनिस्ट तथा व्यवस्थापक सञ्जय श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २२, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?