कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कौसीमा चल्दैछ 'बोधि-सत्त्व'

काठमाडौँ — अहिमलाई गुरुले गुरुदक्षिणा माग्छन्, 'मान्छेका १०८ बुढी औंला ल्याउनु' । शिष्यमध्येका असल अहिमले गुरुको आज्ञा पालन नगर्ने कुरै हुँदैन । उनी गुरुदक्षिणाका लागि तुरुन्तै तयार हुन्छन् ।

कौसीमा चल्दैछ 'बोधि-सत्त्व'

गुरुले आखिर किन त्यस्तो गुरुदक्षिणा मागे ? उनी प्रश्न गर्नतिर लाग्दैनन् । गुरुदक्षिणा नै उनको जीवनको अन्तिम लक्ष्य भइदिन्छ । अहिमले गुरुलाई गुरु दक्षिणा देलान् त ? कौसी थिएटरमा मञ्चनरत 'बोधि-सत्त्व' नाटकले प्रश्नको उत्तर दिन्छ ।

चन्द्रमान मुनिकारको परिकल्पना/लेखन/निर्देशनमा बनेको यो नाटकको नाट्य रुपान्तरण कलाकार इँगिहोपो कोँइच सुनुवारले गरेका हुन् । मंसिर २० देखि पुस ४ सम्म मञ्चनमा आउने यो नाटकमा रिस, राग, द्वेष, महत्त्वकांक्षाले कस्तो परिणाममा पुर्‍याउँछ भन्ने विषय समेटिएको छ । नाटकमा पुरानो समयका गुरु र चेलाहरुको कथा भनिएको छ । गुरुको प्रिय बनेकोमा अहिमसँग अन्य शिष्यहरुले डाह गर्छन् । त्यही डाहले गुरुलाई अहिमविरुद्ध भड्काइदिन्छन् । त्यसै क्रममा अहिमसँग गुरुले त्यस्तो असंभवजस्तै देखिने गुरुदक्षिणा मागेका हुन्छन् ।

गुरुको आज्ञालाई सिरोपर गर्ने अहिमले गुरुदक्षिणाका लागि कस्तो संघर्ष गर्लान् ? त्यसका लागि नाटक नै हेर्नुपर्ने हुन्छ । नाटकमा अहिंसाको बाटोमा हिँडेकाहरुलाई सद्भमार्गमा कसरी ल्याउने भन्ने विषय प्रस्तुत छ ।

नाटकमा कलाकारहरु सुदनमान मुनिकार, संगीता थापा, नानुमैंया महर्जन, युवाहाङ राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अनिसा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नविन काफ्ले र आकाश नेपालीको अभिनय छ । ममा आर्ट्सको सहकार्यमा तयार भएको नाटक कौसी थिएटरमा मञ्चनरत छ ।

प्रकाशित : मंसिर २२, २०८० १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?