कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'सन्जु'को व्यापारनजिक रणबीरको 'एनिमल'

काठमाडौँ — रणबीर कपूर अभिनित 'एनिमल'ले प्रदर्शनको छैटौं दिनसम्म विश्वभरबाट ५ सय २७ करोड कमाएको छ । प्रदर्शनदेखि नै बक्स अफिसमा तहल्का मच्चाएको यो फिल्मको छैटौं दिनको कमाइ रणबीरकै फिल्म 'सन्जु'को व्यापार नजिक पुगेको छ ।

'सन्जु'को व्यापारनजिक रणबीरको 'एनिमल'

फिल्मले विश्वभरबाट ५ सय ८६ करोडमाथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको थियो । प्रोडक्सन कम्पनी टी-सिरिजले एनिमलको पोस्टर सार्वजनिक गर्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । 'एनिमलको विस्फोटन जारी' भन्दै निर्माण टिमले रणबीरले मसिन गन समातेको पोस्टर सार्वजनिक गरेको हो । घरेलु बक्स अफिसबाट फिल्मले ३ सय १३ करोडको व्यापार गरेको हो । यो फिल्म रणबीरको अभिनय करिअरकै सबैभन्दा धेरै हिट भएको फिल्म बनिसक्यो ।

सन्दीप रेड्डी भाङ्गा निर्देशित यो क्राइम ड्रामामा बुवा र छोराको अमिल्दो सम्बन्धका कारण सिर्जित एउटा हिंसात्मक कथा समेटिएको छ । रणबीरसँगै फिल्ममा बवी देवल, रश्मिका मन्दना, तृप्ति दिम्रीलगायतको अभिनय छ । धेरैले बवी देवलको यो सफल कमब्याक बनेको भन्दै तारिफ पनि गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?